२६ श्रावण २०८३, मंगलवार
,
Latest
ज्येष्ठ नागरिकमाथि दुर्व्यवहारको आरोप, बेलफीका प्रमुख प्रशासकीय अधिकृतलाई ३ दिनभित्र उपस्थित भएर स्पष्टीकरण पेश गर्न… ५० जना माउन्टेन गाइडलाई कन्टेन्ट क्रिएटर तालिम प्रदान आर्थिक प्रलोभनमा पारी बालिकाको डिम्ब निकालिएको घटनाप्रति संसदको ध्यानाकर्षण, दोषीलाई कारबाही गर्न माग प्रधानमन्त्रीको ‘एक्लोपन’ माथि एमाले सांसद थेबेको प्रश्नः ‘कुन आधारमा साथ दिने ?’ खुश्बुको प्रश्नः ‘तथ्याङ्कमा मल छ, किसानको खेतमा किन छैन ?’ भारतमा रहेका नेपालीको सुरक्षा र अधिकार सुनिश्चित गर्न सांसद रमेश मल्लको माग मन्त्रिपरिषद् बैठक सुरु अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी चितवनकाे खोला किनारमा एक व्यक्ति मृत फेला लैङ्गिक हिंसा र जातीय विभेदविरुद्ध सरकारी पहल देशव्यापी बनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले अमेरिकालाई ६ विकेटले हरायो



अ+ अ-

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट–२०२३ अन्तर्गत नेपालले पहिलो जित निकालेको छ । मंगलबार जिम्बावेको ताकशिंगा स्पोर्ट्स क्लबमा सम्पन्न खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो । २०८ रनको लक्ष्य नेपालले ४२.५ ओभरमै ४ विकेटको क्षतिमा भेट्टायो ।

नेपाललाई जित दिलाउन भीम सार्कीले सर्वाधिक ७७ रन जोडे । ११४ बल खेलेका उनी ७७ रनमा अविजित रहेका हुन् । यस्तै दिपेन्द्र सिंह ऐरी ३२ बलमा ३९ रनमा अविजित रहे ।कुशल भुर्तेलले ५४ बलमा ३९, आशिफ शेखले १६ बलमा १२, रोहित पौडेलले २९ बलमा १६ रन जोडे ।

बलिङतर्फ अमेरिकाका सौरभ नेत्रवल्कर, निसाग पटेल, स्टीभन टेलर र नोस्थुस केन्जिगेले एक–एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ थालेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै दुई सय सात रनको योगफल बनाएको थियो । अमेरिकाका लागि शायन जाहान्गिरले शतकीय पारी खेले । उनले ७९ बलमा १० चौका र तीन छक्काको मद्दतमा अविजित एक सय रन बनाए । यस्तै सुशान्त मोदनीले ४२ रन बनाए । उनले ७१ बलमा तीन चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै गजानन्द सिंहले २६ रन बनाए । उनले ४१ बलमा दुई चौका र एक छक्का प्रहार गरे । जसदिप सिंहले २५ बलमा १२ रन बनाए । बलिङतर्फ नेपालका लागि करण केसीले चार, गुलसन झाले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए ।

एकदिवसीय विश्वकप छनोटमा नेपालसहित विश्वका १० राष्ट्रको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा जिम्बावे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् । त्यस्तै, समूह ‘बी’ मा श्रीलङ्का, आयरल्यान्ड, ओमान, संयुक्त अरब इमिरेट्स (युएई) र स्कटल्यान्ड छन् ।

सहभागी दुई समूहको लिग खेलपछि सुपर सिक्स हुनेछ । सुपर सिक्समा दुवै समूहका शीर्ष तीन–तीन टोलीले स्थान बनाउनेछन् । सुपर सिक्सबाट शीर्ष दुई स्थानभित्र रहने टोलीले फाइनल खेल्दै आगामी अक्टोबर–नोभेम्बरमा भारतमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।