१८ असार २०८३, बिहीबार
,
Latest
पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित विमानस्थलबाट कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला २०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि रासायनिक मलमा मन्त्री चौधरीको कडा निगरानी, हटलाइनको सूचनाले गुल्मीमा कालोबजारीको पर्दाफास हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन युक्रेनमा रूसी आक्रमण जारी पछिल्लो आक्रमणमा आठको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा पेसमेकर



फाईल फोटो
अ+ अ-

काठमाडौँ । मुटुसम्बन्धी समस्याबाट पीडित राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा पेसमेकर राखिएको छ।

मंगलबार मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया गरी पेसमेकर राखिएको बताइएको छ ।

राष्ट्रपति पौडेल गत शनिबार अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको पौडेलको मुटुको धडकन अस्थिर भएपछि पेसमेकर राखिएको हो । पेसमेकरले मुटुको चाललाई स्थिर बनाउन सहयोग गर्छ।

छातीमा मुटुमाथि राखिने सानो यन्त्र पेसमेकरले मुटुको धडकनलाई प्रतिमिनेट तोकिएको मात्रामा धडकन सहयोग गर्छ।

पेसमेकर राखेपछि सामान्यतया यो १० वर्ष चल्छ। त्यसपछि ब्याट्री फेर्नुपर्ने हुन्छ।