९ भाद्र २०८३, मंगलवार
,
Latest
सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्मी मौसममा लिच्ची खानुका यस्ता छन् फाइदा, हेर्नुहोस्



अ+ अ-

काठमाडौं । लिच्ची गर्मीमा पाइने फल हो । यो खाँदा स्वादिलो त हुन्छ नै स्वास्थ्यका लागि लाभदायक पनि हुन्छ । यसमा कार्बोहाइड्रेट, भिटामिन सी, भिटामिन ए र बी कम्प्लेक्स पोटेसियम, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, आइरन र मिनरलहरू पाइन्छन् । गर्मीमा दिनदिनै लिच्ची खाँदा अनेकौं समस्या भाग्छन् । 

फाइदाहरु :
१) बलियो रोगप्रतिरोधात्मक क्षमता
लिच्चीमा बिटा क्यारोटिन, राइबोफ्लेभिन, नियासिन र फोलेट टन्नै हुन्छ । यसले रोगप्रतिरोधक क्षमता बलियो बनाउँछ । पेटसम्बन्धी समस्या भएका मानिसले लिच्ची खाँदा राम्रो हुन्छ ।

२) तौल नियन्त्रण
लिच्चीमा फाइबर पाइन्छ जसले तौल नियन्त्रण गर्न सहयोग गर्छ । छिट्टै मोटोपन घटाउन चाहने मानिसले लिच्ची खानुपर्छ । बिहान लिच्ची खाँदा भोक नियन्त्रणमा रहन्छ अनि पेट पनि भरिएको अनुभव हुन्छ ।

३) पानीको आपूर्ति
लिच्चीको रस पौष्टिक हुन्छ । गर्मीमा शरीरमा पानीको अभाव हुन्छ । लिच्चीले यो अभाव पूरा गर्छ । यसले शरीरलाई चिसो पनि बनाउँछ ।

४) बच्चाको विकास
लिच्चीमा क्याल्सियम, फस्फोरस र म्याग्नेसियम हुन्छ । यसले बच्चाहरूको शारीरिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ । लिच्चीले हड्डीको रोग अस्टियोपोरोसिसलाई रोक्छ ।

५) क्यान्सर
क्यान्सर कोषिकासँग लड्ने गुण लिच्चीमा हुन्छ । दिनदिनै लिच्ची खाँदा क्यान्सरका सेलहरू बढ्न पाउँदैनन् ।

६) गला सफा गर्न
गला खिचखिच गरेर समस्या परेको छ भने लिच्ची खाने गर्नुस् ।

७) पेट
छेरपट्टी, बान्ता, अल्सर र पेट सुन्निने समस्यालाई कम गर्नका लागि लिच्चीको सेवन लाभदायक हुन्छ । लिच्चीले पत्थरीको पीडामा पनि राहत दिन्छ । तर धेरै लिच्ची नखानुस् । त्यसो गर्दा चिलाउने, सुन्निने र सास फेर्न समस्या हुने हुन्छ ।

(एजेन्सीको सहयोगमा)




भर्खरै