• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   जसपा महाधिवेशन: अध्यक्षमा उपेन्द्रले लिए शपथ, अन्य पद सहमतिबाट टुङ्ग्याउने ★   लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना ★   कुवेत आगलागीमा ४२ भारतीयको मृत्यु भएको पुष्टि ★   ‘पुष्पा २’को प्रदर्शन मिति फेरि सर्यो ★   खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने ★   दाङमा चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको मृत्यु ★   भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको आवश्यकता देखिएन: ज्ञानबहादुर शाही ★   ‘तातो हावाको लहर (लू) प्रतिकार्यमा जुटौँ’ ★   विद्यालयका सटर बन्द नगराउन काठमाडौं महानगरलाई अदालतको आदेश ★   पानीको बहाव बढेसँगै अरुण नदीमा सञ्चालित फेरी बन्द

देशभर ‘आदिपुरुष’ को प्रदर्शन रोक्ने नेपाली वितरकको निर्णय



काठमाडौं । दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’को प्रदर्शन काठमाडौं क्षेत्रमा मात्र नभई देशव्यापी रूपमा रोकिने भएको छ ।

निर्देशक मनोज राठीले देशव्यापी रुपमै हलबाट ‘आदिपुरुष’को प्रदर्शन रोक्ने निर्णय भएको जानकारी दिए । उनले भने,‘देशव्यापी रूपमा फिल्मको प्रदर्शन रोकिने निर्णय गरिसक्यौ’ ।

उनले सबै नगरप्रमुखको फेसबुकको स्टाटसको भरमा फिल्म रोक्नु भन्दा एकैचोटी सबैतिरबाट चलचित्र उतारौँ भन्ने मनसायले चलचित्र प्रदर्शन रोक्ने निर्णय भएको बताए । उनले भने, ‘हल व्यवसायीहरूले आधिकारिक पत्र बिनै नगरप्रमुखको फेसबुकको स्टाटसको भरमा फिल्म रोक्न थाल्नुभयो। यसरी पालैपालो निषेध हुनु भन्दा एकैचोटी सबैतिरबाट चलचित्र उतारौँ भन्ने हाम्रो मनसाय हो’।

चलचित्रको ‘जानकी भारतीय छोरी हुन’ भन्ने विवादित संवाद हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले ३ दिनको अल्टििमेटम दिएपनि नहटाएपछि उनले महानगरभित्र कुनै पनि हिन्दी चलचित्र नचलाउन निर्देशन दिएका थिए। बालेन को उक्त निर्देशनपछि आज हल व्यवसायीहरू काठमाडौं महानगरका १७ वटै हल बन्द गराएका छन् ।

बालेनसँगै धरानका मेयर हर्क सामपाङ र पोखराका मेयरले पनि आफ्नो क्षेत्रमा ‘आदिपुरुष’ चल्न नदिने घोषणा गरेका थिए ।