• ७ असार २०८१, शुक्रबार
  •      Fri Jun 21 2024
  •   Unicode
Logo
Latest
★   रास्वपाको चियापान कार्यक्रममा शीर्ष नेताहरु– तस्बिरहरु ★   कर्नाटक प्रहरीको खुलासाः प्रमाण नष्ट गर्नका लागि दर्शनले साथीसँग ४० लाख रुपैयाँ लिए ★   ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट ★   वातावरण व्यवस्थापनमा तीन प्रतिशत बजेट विनियोजन गर्दै चन्द्रागिरि नगरपालिका ★   पृथ्वीराजमार्गको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा ★   योगलाई धर्म र जातमा सिमित गर्नु हुँदैनः अध्यक्ष ओली ★   जब पृथ्वीमा १०–२० लाख वर्षसम्म लगातार पानी परिरहन्थ्यो ★   ९० दशककी ‘सोनपरी’ आजभोलि के गर्दैछिन् ? ★   डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षतिको अनुमान ★   शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ: पूर्वप्रधानमन्त्री डा भट्टराई (अन्तरवार्ता)

कंगनालाई कसले हान्यो एयरपोर्टमा थप्पड ? साथ दिँदै पूर्वप्रेमी ऋतिक



एजेन्सी । ६ जुनमा बलिउड अभिनेत्री तथा लोकसभा सांसद कंगना रनावतलाई चण्डीगढ एयरपोर्टमा सीआईएसएफकी महिला कन्स्टेबलले थप्पड हानेकी थिइन् ।

अनुपम खेर, शबाना आजमी जस्ता केही सेलिब्रेटीहरू बाहेक बलिउड कुनै पनि स्टारले यसबारे कुनै प्रतिक्रिया दिएका थिएनन् तर अब कंगनाका पूर्व प्रेमी ऋतिक रोशनले पनि यसबारे प्रतिक्रिया दिएका छन्, जससँग कंगनाको कहिलेकाहीँ विवाद हुने गरेको छ ।

हालै पत्रकार फये डिसुजाले कंगना रनावतको समर्थनमा एक पोस्ट सेयर गरेकी छिन् । उनले पोस्टमा लेखेका छन्, ‘सांसद कंगना रनावतलाई एयरपोर्टमा थप्पड हानिएको छ । हिंसा कुनै पनि कुराको जवाफ हुन सक्दैन । विशेष गरी गान्धीको अहिंसाको विचारधारालाई पछ्याउने देशमा । हाम्रो सोच के हो र कसले के कथन दियो त्यो फरक पर्दैन । हामी कसैलाई हिंसाको जवाफ दिन सक्दैनौं ।’

पत्रकार फाये डिसुजाको यो पोस्टमा धेरै बलिउड सेलिब्रेटीहरूले प्रतिक्रिया दिएका छन्। प्रतिक्रिया दिनेमा ऋतिक रोशनको नाम पनि परेको छ । ऋतिक बाहेक आलिया भट्ट, भूमि पेडनेकर, सोनी राजदान, सोनाक्षी सिन्हा, एकता कपूर, अर्जुन कपुरले पनि पोस्टमा प्रतिक्रिया दिएर समर्थन गरेका छन् ।

कंगना रनावत र ऋतिक रोशन एक समय रिलेशनशिपमा थिए । दुबै काइट्स र क्रिस ३ मा सँगै देखिएका थिए । तर, केही महिनामै दुवैको ब्रेकअप भयो । सन् २०१६ मा ऋतिक रोशनले कंगनाविरुद्ध छल र उत्पीडनको उजुरी दिएका थिए । यस प्रकरणपछि कंगनाले ऋतिकमाथि काउन्टर प्रहार गर्दै ऋतिक रोशनले आफ्नो अफेयर लुकाउनका लागि यो सबै गरिरहेको बताएकी छिन्, ताकि आफूलाई डिभोर्समा फाइदा मिलोस् ।

त्यतिबेला ऋतिक रोशन र सुजैन खानको सम्बन्धविच्छेद हुन लागेको थियो । केही महिनादेखि चर्चामा रहेको यो मुद्दा प्रमाणको अभावमा अदालतले बन्द गरेको थियो । कंगनाले आप कोर्टमा ऋतिकमाथि धेरै आरोप लगाएकी थिइन् ।