२६ मंसिर २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’ नोबेल शान्ति पुरस्कार विजेता इरानी अधिकारकर्मी मोहम्मदीलाई पक्राउ आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा एनपिएल टोली जनकपुरले क्रिकेट एकेडेमी सञ्चालन गर्ने अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द एमाले सचिवालय बैठक : विधान महाधिवेशनमा पारित विधानका आधारमै नयाँ नेतृत्व चयन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोनाक्षीको बिहेबारे आफ्नै बुबालाई थाहा छैन



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको बिहेको खबरका बीच पिता शत्रुघ्न सिन्हाको प्रतिक्रिया आएको छ ।

शत्रुघ्नले आफ्नी छोरी सोनाक्षीले बिहेको बारेमा अहिलेसम्म कुनै जानकारी नदिएको बताएका छन् ।

एक अन्तर्वार्तामा शत्रुघ्नले यस खबरमा जस्तो प्रतिक्रिया दिएका छन् त्यसबाट यो सम्बन्धमा शत्रुघ्न खुसी नभएको पनि अनुमान गरिएको छ । साथै छोरीसँगको सम्बन्ध पनि राम्रो चलिरहेको छैन भन्ने अनुमान गर्न सकिन्छ ।

जुमलाई दिएको अन्तर्वार्तामा शत्रुघ्नले भने, ‘म अहिले दिल्लीमा छु । चुनावी नतिजा आएदेखि नै म यहाँ छु । अहिले सम्म छोरीको विवाहको बारेमा मैले मिडियामा पढेको जानकारी मात्रै हो । सोनाक्षीसँग मैले अहिलेसम्म यस विषयमा कुरा गरेको छैन । न त उनले अहिलेसम्म मलाई यसबारे कुनै जानकारी दिएकी छन् ।’

अभिनेताले थपे, ‘जब पनि सोनाक्षीले मसँग यसबारे कुरा गर्छिन्, मेरो आशीर्वाद उनीसँग हुनेछ । हामी चाहन्छौं कि उनले संसारका सबै सुखहरू प्राप्त गरुन् ।’

सोनाक्षीले आफ्नो पार्टनर तथा बलिउड अभिनेता जहीर इकबालसँग जुन २३ मा मुम्बईमा विवाह गर्ने चर्चा छ ।

इन्डिया टुडेको रिपोर्ट अनुसार यो विवाहमा जोडीको परिवारका सदस्य र नजिकका साथीहरू मात्र सहभागी हुनेछन् । यो उत्सव बेस्टियन, मुम्बईमा हुन सक्छ । यो रेष्टुरेन्टकी मालिक बलिउड अभिनेत्री शिल्पा शेट्टी हुन् ।