२ श्रावण २०८३, शनिबार
,
Latest
नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व संकलन खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा मनसुन थप सक्रिय हुँदैः बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोनाक्षीको बिहेबारे आफ्नै बुबालाई थाहा छैन



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको बिहेको खबरका बीच पिता शत्रुघ्न सिन्हाको प्रतिक्रिया आएको छ ।

शत्रुघ्नले आफ्नी छोरी सोनाक्षीले बिहेको बारेमा अहिलेसम्म कुनै जानकारी नदिएको बताएका छन् ।

एक अन्तर्वार्तामा शत्रुघ्नले यस खबरमा जस्तो प्रतिक्रिया दिएका छन् त्यसबाट यो सम्बन्धमा शत्रुघ्न खुसी नभएको पनि अनुमान गरिएको छ । साथै छोरीसँगको सम्बन्ध पनि राम्रो चलिरहेको छैन भन्ने अनुमान गर्न सकिन्छ ।

जुमलाई दिएको अन्तर्वार्तामा शत्रुघ्नले भने, ‘म अहिले दिल्लीमा छु । चुनावी नतिजा आएदेखि नै म यहाँ छु । अहिले सम्म छोरीको विवाहको बारेमा मैले मिडियामा पढेको जानकारी मात्रै हो । सोनाक्षीसँग मैले अहिलेसम्म यस विषयमा कुरा गरेको छैन । न त उनले अहिलेसम्म मलाई यसबारे कुनै जानकारी दिएकी छन् ।’

अभिनेताले थपे, ‘जब पनि सोनाक्षीले मसँग यसबारे कुरा गर्छिन्, मेरो आशीर्वाद उनीसँग हुनेछ । हामी चाहन्छौं कि उनले संसारका सबै सुखहरू प्राप्त गरुन् ।’

सोनाक्षीले आफ्नो पार्टनर तथा बलिउड अभिनेता जहीर इकबालसँग जुन २३ मा मुम्बईमा विवाह गर्ने चर्चा छ ।

इन्डिया टुडेको रिपोर्ट अनुसार यो विवाहमा जोडीको परिवारका सदस्य र नजिकका साथीहरू मात्र सहभागी हुनेछन् । यो उत्सव बेस्टियन, मुम्बईमा हुन सक्छ । यो रेष्टुरेन्टकी मालिक बलिउड अभिनेत्री शिल्पा शेट्टी हुन् ।