३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

खुट्टाको पैताला पोल्ने समस्या छ भने अप्नाउनुहोस् यी घरेलु उपचार

खुट्टाको पैताला पोल्ने समस्या छ भने अप्नाउनुहोस् यी घरेलु उपचार
अ+ अ-

काठमाडौं । राति सुत्दा कोही(कोहीलाई पैतला भतभत पोल्ने समस्याले सताउँछ। धेरैले यस समस्यालाई गम्भीरतापूर्वक लिँदैनन्। आफैँ निको हुन्छ भनी ठान्छन् । तर, यस्तो समस्या भएमा लापरबाही गर्नु हुँदैन । यसले शरीरका बाँकी भागमा पनि समस्या उत्पन्न गर्न सक्छ ।

कारणहरु :

  • शरीरमा भिटामिन ‘बी’, फोलिक एसिड वा क्याल्सियमको कमी हुँदा पैतला पोल्ने समस्या देखिन्छ।
  • उच्च रक्तचाप भएकालाई पनि पैतला भतभताउने समस्या हुन्छ। रक्तचाप उच्च हुँदा रक्तसञ्चारमा समस्या हुन सक्छ। जसले गर्दा छालाका रङमा बदलाव, हातखुट्टाको तापमानमा कमी रहन्छ। यसै कारण पैतला पोल्न गर्छन्।
  • मिर्गौलासम्बन्धी समस्या भएकाहरूका पनि पैतलामा जलन हुने गर्छ।
  • थाइरोइड हर्मोनको लेभल कम हुँदा पनि पैतला पोल्छ। साथै, औषधिको साइडइफेक्ट हुँदा, एचआईभीको औषधि खाँदा र किमोथेरापी गर्नेहरूलाई पनि पैतलामा जलन हुन्छ।

घरेलु उपचार :

  • पैतलामा जलन हुँदा सिरे नुन फाइदाजनक छ । एउटा भाँडोमा मनतातो पानी हालेर त्यसमा आधा कप सिरे नुन मिसाउने । १० देखि १५ मिनेटसम्म खुट्टा त्यसमा डुबाउने । केही समयसम्म नियमित यस्तो गरिरहँदा समस्या हट्छ । मधुमेह, उच्च रक्तचापलगायत समस्या भएकाहरूले यो उपाय अपनाउनुअघि चिकित्सकसँग सल्लाह लिनुपर्छ ।
  • शाकाहारी खानेकुरा खानेले दूध, दही, पनिरलगायत दुग्ध पदार्थ नियमित खानुपर्छ। प्रोटिनयुक्त खानेकुरा खानुपर्छ। मांसाहारीहरूले अण्डा, माछा, चिकन, सी फुडबाट भिटामिन बी प्राप्त गर्न सक्छन् ।
  • लौका काटेर त्यसको गुदी पैतलामा दल्नाले पनि राहत मिल्छ ।
  • बेसारमा पाइने एन्टी ब्याक्टेरियल तत्वले पनि यस समस्याबाट छुटकारा दिलाउँछ ।