१६ आश्विन २०८१, बुधबार
,
Latest
प्रस्तावित प्रधानन्यायाधीश राउतको आज संसदीय सुनुवाइ हुँदै अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग चार विकेटले पराजित तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्– आत्तिनु पर्दैन बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ? जलविद्युत् आयोजनामा बाढीको कहर, ११ सय मेगावाट विद्युत् प्रणाली बाहिर आर्सनलले पिएसजीलाई हरायो प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज समाजवादी मोर्चा घोषणा नहुने



फाईल फाटो
अ+ अ-

काठमाडौँ । आज समाजवादी मोर्चा घोषणा नहुने भएको छ । आन्तरिक तयारी नपुगेको भन्दै आज मोर्चा गठनको घोषणा नहुने भएको हो ।

सत्ताधारी नेकपा (माओवादी केन्द्र) सहितका दलहरुले मोर्चा गठन गर्ने बताएका थिए । माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) , विप्लव नेतृत्वको नेकपा मोर्चामा सहभागी हुने निश्चित छ ।

मोर्चामा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) लाई पनि सामेल गर्ने प्रयास भइरहेको बुझिएको छ । डा भट्टराईले बृहत् समझदारीसहित मोर्चामा आफ्नो पार्टी सामेल हुने भन्दै बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह गर्नुभएको छ।

एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाका अनुसार दलहरुको आन्तरिक तयारी नपुगेकाले आज मोर्चा घोषणा नहुने भएको हो । उहाँले अझै एक–दुई दिन लाग्ने नै जस्तो देखिएको जानकारी दिनुभयो ।

मोर्चाबारे छलफल गर्न शुक्रबार बिहान एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको अनौपचारिक बैठकसमेत बसेको थियो । बैठकमा सो पार्टीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल अनुपस्थित भएकाले औपचारिक निर्णय भएन । यद्यपि मोर्चामा सामेल हुने र छिटो घोषणा गर्नका लागि पहलकदमी लिने सर्वसम्मत निर्णय भएको नेता खतिवडाले जानकारी दिनुभयो ।