• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली ★   प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित ★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि ★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित

इटालीलाई हराउँदै स्पेन नेसन्स लिगको फाइनलमा



एजेन्सी । स्पेन नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा इटालीलाई २–१ गोलले पराजित गर्दै स्पेन उपाधिनजिक पुगेको हो ।

नेदरल्यान्ड्सको डी भेस्टे स्टेडियममा भएको खेलमा दोस्रो मिनेटमा नै स्पेनले यरेमी पीनोको गोलबाट सुरुवाती अग्रता बनाएको थियो ।

११ औं मिनेटमा कीरो इमोबिलले पेनाल्टीमार्फत गोल गर्दै इटालीलाई १–१ को बराबरीमा ल्याए । ८८ औं मिनेटमा जोसेलुले गोल गर्दै स्पेनलाई २–१ को जितसहित फाइनलमा पुर्याए ।

योसँगै अब उपाधिका लागि क्रोएसिया र स्पेनले आइतबार मध्यरातमा प्रतिस्पर्धा गर्नेछन् । क्रोएसियाले नेदरल्यान्ड्सलाई पराजित गरि फाइनलमा स्थान बनाइसकेको छ ।