२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता

प्लेअफमा पुग्न आरसीबीको ७ ‘चमत्कार’

प्लेअफमा पुग्न आरसीबीको ७ ‘चमत्कार’
अ अ+ अ-

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किंग्सलाई रोमाञ्चक खेलमा पराजित गर्दै आईपीएल २०२४ को प्लेअफमा स्थान बनाएको छ । आरसीबीका लागि प्लेअफको बाटो सहज भने रहेन ।

यो टोलीले जसरी सुरुआत गरेको थियो, यो टोली प्लेअफमा पुग्ने सम्भावना देखिँदैनथ्यो । तर आरसीबीले एकपछि अर्को चमत्कार गर्दै साविक विजेतालाई पराजित गर्दै अन्तिम ४ मा स्थान बनायो ।

आरसीबीले प्लेअफमा पुग्न कडा मिहिनेत गर्यो र लगातार खेल जितेर यो स्थान हासिल गर्यो । आरसीबीले यस दौडमा धेरै कीर्तिमान तोडेको छ । टोलीले यस्ता काम गरे जुन गर्न सजिलो थिएन । यस्तो क्रिकेट खेले जुन निकै कठिन थियो ।

१. आरसीबीलाई प्लेअफमा पुग्न गाह्रो थियो । प्लेअफमा जानका लागि उसले लगातार ६ खेल जित्नु परेको थियो र हरेक खेल उसको लागि गर या मरको थियो । यसको मतलब तिनीहरूले एक खेल हारे पनि प्लेअफको बाटो समाप्त हुन्थ्यो ।

आईपीएलमा आरसीबीको यो दोस्रो ठूलो जित हो । यसअघि २०११ मा आरसीबीले लगातार सात जित हासिल गरेको थियो । यस्तै, २००९ र २०१६ मा आरसीबीले लगातार पाँच खेल जितेको थियो ।

२. आरसीबीले आफ्नो पहिलो आठ खेलमा एक खेल मात्र जितेको थियो । यो कुनै पनि आईपीएल सिजनमा प्लेअफमा पुग्ने टोलीहरूले पहिलो आठ खेलमा जितेको सबैभन्दा कम खेल हो । अर्थात् आईपीएलका पहिलो आठ खेलमध्ये एउटा मात्र खेल जितेर आरसीबीअघि कुनै पनि टोली प्लेअफमा पुग्न सकेको छैन ।

३. आरसीबीले लिग चरणमा लगातार ६ खेल जितेको छ । योसँगै टोली लिग चरणका अन्तिम ६ खेल जितेर प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । यसअघि सन् २०१४ मा कोलकाताले लगातार सात खेल जितेर प्लेअफमा स्थान बनाएको थियो ।

४. चेन्नई र आरसीबीबीचको खेल १८ मेमा भएको थियो । यो मितिमा, आईपीएलमा आरसीबीको यो पाँचौं जित हो । आरसीबीले यो मितिमा खेलेका सबै खेल जितेको छ । उसले चेन्नईलाई तीन पटक पराजित गरेको छ । आरसीबीले सन् २०१३, २०१४ र २०२४ मे १८ मा चेन्नईलाई हराएको थियो । यस बाहेक २०१६ मा पञ्जाब र सन् २०२३ मा सनराइजर्स हैदरावादलाई पनि पराजित गरेको थियो ।

५. आरसीबीका ब्याट्सम्यानले आईपीएल २०२४ मा अहिलेसम्म १५७ छक्का प्रहार गरिसकेका छन् । योसँगै आरसीबी टी–२० प्रतियोगितामा १५० भन्दा बढी छक्का प्रहार गर्ने पहिलो टोली बनेको छ ।

६. आरसीबीले यो सिजन ६ पटक २०० भन्दा बढी रनको आँकडा छोयो । आरसीबी बाहेक मुम्बई र कोलकाताले एक सिजनमा ६ पटक २०० भन्दा बढी रन बनाएका छन् । मुम्बईले गत वर्ष १६ खेलमा ६ पटक यस्तो काम गरेको थियो भने कोलकाताले यो सिजन यो काम गरेको थियो । कोलकाता र आरसीबी दुवै प्लेअफमा छन् र यी दुवै टोलीले यो अंक पार गर्न सक्छन् ।

७. चेन्नईविरुद्धको खेलमा कोहलीले ४७ रनको इनिङ खेले र यससँगै उनले चिन्नास्वामी स्टेडियममा आईपीएलमा ३ हजार रन पूरा गरे । उनी आईपीएलमा कुनै एक मैदानमा ३ हजार रन बनाउने पहिलो ब्याट्सम्यान हुन् ।

यसका साथै कोहलीले भारतीय भूमिमा टी–२० मा ९ हजार रनको अंक पनि पार गरे र योसँगै उनी कुनै एक देशमा यो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी बने ।