• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा, करिब १७ अर्बको शेयर कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक हालसम्मकै उच्च  २ हजार ८५६ दशमलव ७७ विन्दुमा पुगेको छ । यो दिन परिसूचक अघिल्लो कारोबार दिनभन्दा २९ दशमलव ५५ अंक अर्थात् १ दशमलव शून्य ५ प्रतिशतले बढेको हो ।

त्यस्तै ठुला कारोबार मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव ५८ प्रतिशत अर्थात ७ दशमलव ९६ अंकले बढेर ५१३ दशमलव ११ विन्दुमा पुगेको छ । आज शेयर बजारमा रू. १६ अर्ब ९० करोड ७० लाख २० हजार बराबरको शेयर कारोबार भएर कारोबार रकम र कित्तामै वृद्धि भएको हो । २१८ ओटा कम्पनीको १ लाख ५५ हजार ६५५ पटकको व्यापारमा उक्त रकम बराबरको ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता शेयर कारोबार भएको हो ।

बिहीबारको बजारबाट वित्त, होटल्स तथा पर्यटन र विकास बैंकका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् । यो दिन विकास बैंकको समूहगत परिसूचक सर्वाधिक ३ दशमलव ७४ प्रतिशत बढेको छ भने वित्तको ३ दशमलव ३४ प्रतिशत र होटल्स तथा पर्यटनको ३ दशमलव ३२ प्रतिशत बढेको छ । 

त्यस्तै, बैंकिङ्गको २ दशमलव ७१ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव २२ प्रतिशत, लघुवित्तको शून्य दशमलव ७५ प्रतिशत, जीवन बीमाको शून्य दशमलव शून्य ३ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव २९ प्रतिशत र लगानी समूहको शून्य दशमलव शून्य ७ प्रतिशत परिसूचक बढेको छ । 

यो दिन जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जलविद्युत् समूहको २ दशमलव शून्य ४ प्रतिशतले परिसूचक घटेको छ भने व्यापारिकको शून्य दशमलव २३ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ७६ प्रतिशत र अन्य समूहको शून्य दशमलव ७२ प्रतिशत परिसूचक घटेको हो ।

जलविद्युत् समूहको परिसूचक सर्वाधिक घट्दा पञ्चकन्या माई हाइड्रोपावर र राधी विद्युत् कम्पनीको शेयरमूल्य सर्वाधिक घटेको छ । पञ्चकन्यामाई हाइड्रोको ५ दशमलव ९२ प्रतिशत र राधी विद्युत्को ५ दशमलव शून्य ६ प्रतिशत परिसूचक घटेको हो ।

यस दिन पञ्चकन्यामाई हाइड्रोको शेयरमूल्य प्रतिकित्ता रू. १८ ले घटेर अन्तिम मूल्य रू. २८६ र राधी विद्युतको प्रतिकित्ता रू. ६१ ले घटेर अन्तिम मूल्य रू. १ हजार १४५ कायम भएको हो । 

यस दिन चार ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । मञ्जुश्री फाइनान्स र महिला लघुवित्तको शेयरमूल्य १० प्रतिशत, गोर्खाज फाइनान्सको ९ दशमलव ६८ प्रतिशत र ग्रिन डेभलपमेण्ट बैंकको ९ दशमलव ५५ प्रतिशतले मूल्य बृद्धि भएको हो । 

मञ्जुश्री फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. ७५ ले बढेर अन्तिम मूल्य रू. ८२५ र महिला लघुवित्तको प्रतिकित्ता रू. ४३२ ले बढेर अन्तिम मूल्य रू. ४ हजार ७५२ कायम भएको छ । त्यस्तै गोर्खाज फाइनान्सको प्रतिकित्ता रू. ९० ले बढेर अन्तिम मूल्य रू. १ हजार २० र ग्रिन डेभलपमेण्ट बैंकको प्रतिकित्ता रू. ३० ले बढेर अन्तिम मूल्य रू. ३४४ पुगेको छ ।

त्यसैगरी बिहीबार पनि सर्वाधिक रकमको शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको नै भएको छ । नेपाल पुनर्बीमा कम्पनीको रू. १ अर्ब २ करोड ७० लाख २७ हजार बराबरको शेयर कारोबार भएको हो । उक्त कम्पनीको बिहीवार भने प्रतिकित्ता रू. २५ ले मूल्य घटेको छ । यस दिन कम्पनीको अन्तिम मूल्य रू. १ हजार ७६५ कायम भएको हो । बिहीवार उक्त कम्पनीको ५ लाख ७१ हजार ११५ कित्ता शेयर कारोबार भएको छ ।