२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप र दीपेन्द्रले ग्लोबल टी–२० खेल्ने



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्र सिंह ऐरीले क्यानडामा आयोजना हुने ग्लोबल टी–ट्वान्टी खेल्ने भएका छन् ।

मंगलबार राती भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई सुरे ज्याकवारले आफ्नो टोलीमा अनुबन्ध गराएको हो । यस्तै दीपेन्द्रलाई मोन्टेरियल टाईगर्सले अनुबन्ध गराएको छ ।

सुरेमा सन्दीपका अलावा एलेक्स हेल्स, लिन्टन कुमार दास, जोसन बेहरेनड्रार्फ लगायत खेलाडी रहेका छन् । दीपेन्द्र आबद्ध मोन्टेरियलमा भने शकिव अल हसन, आन्द्रे रसेल, क्रिस लिन जस्ता खेलाडी रहेका छन् ।

सन्दीपले यस अघिका दुवै सिजनको ग्लोबल टी–ट्वान्टी लिग खेलिसकेका छन् । यता, दीपेन्द्रले भने पहिलो पटक विदेशी लिग खेल्न लागेका हुन् ।

यसअघि नेपालका सन्दीप र सोमपाल कामीसहित पारस खड्का, कुशल मल्ल र करण केसीले विभिन्न विदेशी लिग खेलिसकेका छन् । नेपालबाट सोमपाल र सन्दीपलले यसअघि नै यो प्रतियोगिता खेलिसकेका छन् ।

 

 




भर्खरै