२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप र दीपेन्द्रले ग्लोबल टी–२० खेल्ने



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्र सिंह ऐरीले क्यानडामा आयोजना हुने ग्लोबल टी–ट्वान्टी खेल्ने भएका छन् ।

मंगलबार राती भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई सुरे ज्याकवारले आफ्नो टोलीमा अनुबन्ध गराएको हो । यस्तै दीपेन्द्रलाई मोन्टेरियल टाईगर्सले अनुबन्ध गराएको छ ।

सुरेमा सन्दीपका अलावा एलेक्स हेल्स, लिन्टन कुमार दास, जोसन बेहरेनड्रार्फ लगायत खेलाडी रहेका छन् । दीपेन्द्र आबद्ध मोन्टेरियलमा भने शकिव अल हसन, आन्द्रे रसेल, क्रिस लिन जस्ता खेलाडी रहेका छन् ।

सन्दीपले यस अघिका दुवै सिजनको ग्लोबल टी–ट्वान्टी लिग खेलिसकेका छन् । यता, दीपेन्द्रले भने पहिलो पटक विदेशी लिग खेल्न लागेका हुन् ।

यसअघि नेपालका सन्दीप र सोमपाल कामीसहित पारस खड्का, कुशल मल्ल र करण केसीले विभिन्न विदेशी लिग खेलिसकेका छन् । नेपालबाट सोमपाल र सन्दीपलले यसअघि नै यो प्रतियोगिता खेलिसकेका छन् ।