५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमला खाने गर्नु भएको छ ? जान्नुहोस् स्वास्थ्यको लागि यसका फाइदाहरु !



अ+ अ-

काठमाडौं । अमलालाई पोषक तत्वको राजा मान्ने गरिन्छ । अमलाबाट ती सबै जरूरी मिनिरल्स र भिटामिन पाइन्छ जुसले शरीरलाई स्वस्थ्य मात्र नराखी कयौं किसिमका रोगबाट पनि बचाउने काम गर्छ । अमलालाई डाइटको रुपमा कयौं तरिकाले समावेश गर्न सकिन्छ । तपाइँ अमलालाई काचै पनि खान सक्नुहुन्छ, यसको जूस पिउन सक्नुहुन्छ वा अचार वा जाम बनाएर पनि खान सकिन्छ । अमलाले तपाइँलाई फाइदा पुर्‍याउँछ । 

फाइदाहरु :

भिटामिनको मात्रा पाइन्छ

अमलामा प्रयाप्त मात्रामा भिटामिन सि पाइन्छ, जसले प्रतिरक्षा र मेटाबलिज्म बढाउने काम गर्छ । अमलाले रुघाखोकी, कफ जम्नेको अलावा शरीरमा भाइरल र ब्याक्टेरियल इन्फेक्शन फैलाउन दिदैन । अमलामा यस्तो तत्व पनि पाइन्छ जुन क्यान्सर सेल्सबाट लड्न काम गर्छ । आयुर्वेदका अनुसार, अमलाको जूसले शरीरका सबै प्रक्रियालाई सन्तुलित गर्दछ । 

मुखको छालामा उपयोगी 


स्वास्थ्य विज्ञका अनुसार अमलाको रस सेवनले रुघा(खोकीको साथै मुखको छालाको लागि पनि निकै फाइदादायक हुन्छ । अमलालाई एक महत्वपूर्ण घरेलू उपायको तरिकाले प्रयोग गर्न सकिन्छ । दुई चम्चा अमलाको जुसमा दुई चम्चा मह मिलाएर दैनिक पिउनाले सर्दी र खोकी निको पार्नमा मद्दत मिल्छ । मुख भीत्रको घाउको समस्याबाट छुटकारा पाउनको लागि अमलाको जुस पानीमा घोलेर पिउदा तथा कुल्ला गर्दा फाइदाजनक हुन्छ । 

कोलेस्ट्रोलको स्तर सही हुन्छ 


अमलाले कोलेस्ट्रोललाई सहि राख्छ । नियमित रूपमा अमलाको जुस पिउनाले कोलेस्ट्रोलको स्तर कम हुन्छ र शरीर स्वस्थ रहन्छ । यसमा पाइने एमिनो एसिड र एन्टीअक्सिडेन्टको कारणले मुटुले राम्ररी काम गर्छ । 

अस्थमा सही राख्छ 


अमला स्वासप्रस्वासको रोगिहरुको लागि फाइदाजनक हुन्छ । अस्थमालाई सही राख्न डाईबिटीजलाई पनि कन्ट्रोल गर्दछ । अमलाको सेवनले पाचनप्रणालीलाई पनि राम्रो बनाउदछ ।

मृगौला स्वस्थ्य राख्छ


अमलाले मृगौलालाई सुरक्षित राख्दछ । अमलामा मृगौलालाई सुरक्षित राख्ने सबै तत्व पाइन्छ । यसले शरीरबाट सबै विषाक्त पदार्थलाई बाहिर निकाल्दछ । 

न्युट्रेसन  ड्रिंकको रुपमा सेवन गर्न सकिन्छ 


भिटामिन सी को अलावा अमलामा आईरन, क्याल्शियम र फोस्फोरस पनि काफी मात्रामा पाइन्छ र यसलाई एक न्युट्रेसन ड्रिंक पनि पाइन्छ । 

कपाललाई फाइदा पुर्‍याउँछ


अमलाले कपाललाई पनि फाइदा पुर्‍याउँछ  । हाम्रो कपालको संरचनालाई राम्रो बनाउन ९९ प्रतिशत प्रोटीनको योगदान हुन्छ । अम्लामा पाइने एमीनो एसिड र प्रोटीनले कपाल बढ्न मद्धत गर्छ,  साथै कपाल झर्न पनि मद्धत दिन्छ ।

अमलाबाट स्किन ट्रिटमेन्ट


अनुहारमा भएको दाग-धब्वा हटाउन अमलाको सहयोग लिन सकिन्छ । अमलाको जुस पिउनाले स्किन ट्रीटमेन्टको काम गर्छ । अमलाको रस रूई (कपास) मा भिजाएर लगाउँदा अनुहारको दाग-धब्बा हट्छ र अनुहारमा चमकता बढाउन सकिन्छ । (एजेन्सीको सहयोगमा)