३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

अमला खाने गर्नु भएको छ ? जान्नुहोस् स्वास्थ्यको लागि यसका फाइदाहरु !

अमला खाने गर्नु भएको छ ? जान्नुहोस् स्वास्थ्यको लागि यसका फाइदाहरु !
अ+ अ-

काठमाडौं । अमलालाई पोषक तत्वको राजा मान्ने गरिन्छ । अमलाबाट ती सबै जरूरी मिनिरल्स र भिटामिन पाइन्छ जुसले शरीरलाई स्वस्थ्य मात्र नराखी कयौं किसिमका रोगबाट पनि बचाउने काम गर्छ । अमलालाई डाइटको रुपमा कयौं तरिकाले समावेश गर्न सकिन्छ । तपाइँ अमलालाई काचै पनि खान सक्नुहुन्छ, यसको जूस पिउन सक्नुहुन्छ वा अचार वा जाम बनाएर पनि खान सकिन्छ । अमलाले तपाइँलाई फाइदा पुर्‍याउँछ । 

फाइदाहरु :

भिटामिनको मात्रा पाइन्छ

अमलामा प्रयाप्त मात्रामा भिटामिन सि पाइन्छ, जसले प्रतिरक्षा र मेटाबलिज्म बढाउने काम गर्छ । अमलाले रुघाखोकी, कफ जम्नेको अलावा शरीरमा भाइरल र ब्याक्टेरियल इन्फेक्शन फैलाउन दिदैन । अमलामा यस्तो तत्व पनि पाइन्छ जुन क्यान्सर सेल्सबाट लड्न काम गर्छ । आयुर्वेदका अनुसार, अमलाको जूसले शरीरका सबै प्रक्रियालाई सन्तुलित गर्दछ । 

मुखको छालामा उपयोगी 


स्वास्थ्य विज्ञका अनुसार अमलाको रस सेवनले रुघा(खोकीको साथै मुखको छालाको लागि पनि निकै फाइदादायक हुन्छ । अमलालाई एक महत्वपूर्ण घरेलू उपायको तरिकाले प्रयोग गर्न सकिन्छ । दुई चम्चा अमलाको जुसमा दुई चम्चा मह मिलाएर दैनिक पिउनाले सर्दी र खोकी निको पार्नमा मद्दत मिल्छ । मुख भीत्रको घाउको समस्याबाट छुटकारा पाउनको लागि अमलाको जुस पानीमा घोलेर पिउदा तथा कुल्ला गर्दा फाइदाजनक हुन्छ । 

कोलेस्ट्रोलको स्तर सही हुन्छ 


अमलाले कोलेस्ट्रोललाई सहि राख्छ । नियमित रूपमा अमलाको जुस पिउनाले कोलेस्ट्रोलको स्तर कम हुन्छ र शरीर स्वस्थ रहन्छ । यसमा पाइने एमिनो एसिड र एन्टीअक्सिडेन्टको कारणले मुटुले राम्ररी काम गर्छ । 

अस्थमा सही राख्छ 


अमला स्वासप्रस्वासको रोगिहरुको लागि फाइदाजनक हुन्छ । अस्थमालाई सही राख्न डाईबिटीजलाई पनि कन्ट्रोल गर्दछ । अमलाको सेवनले पाचनप्रणालीलाई पनि राम्रो बनाउदछ ।

मृगौला स्वस्थ्य राख्छ


अमलाले मृगौलालाई सुरक्षित राख्दछ । अमलामा मृगौलालाई सुरक्षित राख्ने सबै तत्व पाइन्छ । यसले शरीरबाट सबै विषाक्त पदार्थलाई बाहिर निकाल्दछ । 

न्युट्रेसन  ड्रिंकको रुपमा सेवन गर्न सकिन्छ 


भिटामिन सी को अलावा अमलामा आईरन, क्याल्शियम र फोस्फोरस पनि काफी मात्रामा पाइन्छ र यसलाई एक न्युट्रेसन ड्रिंक पनि पाइन्छ । 

कपाललाई फाइदा पुर्‍याउँछ


अमलाले कपाललाई पनि फाइदा पुर्‍याउँछ  । हाम्रो कपालको संरचनालाई राम्रो बनाउन ९९ प्रतिशत प्रोटीनको योगदान हुन्छ । अम्लामा पाइने एमीनो एसिड र प्रोटीनले कपाल बढ्न मद्धत गर्छ,  साथै कपाल झर्न पनि मद्धत दिन्छ ।

अमलाबाट स्किन ट्रिटमेन्ट


अनुहारमा भएको दाग-धब्वा हटाउन अमलाको सहयोग लिन सकिन्छ । अमलाको जुस पिउनाले स्किन ट्रीटमेन्टको काम गर्छ । अमलाको रस रूई (कपास) मा भिजाएर लगाउँदा अनुहारको दाग-धब्बा हट्छ र अनुहारमा चमकता बढाउन सकिन्छ । (एजेन्सीको सहयोगमा)