![](https://newspolar.com/wp-content/uploads/2022/03/Today_Gold_lm98WOBpXh.jpg)
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सोमबार सुनको मूल्य घटेको छ ।
आज छापावाल सुन १ सय रुपैयाँले घटेर १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो उक्त सुन १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, सोमबार तेजाबी सुन तोलामा १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो उक्त सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
सोमबार चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ४४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।