३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोकोभिच बने सबैभन्दा धेरै ग्रान्डस्लाम जित्ने टेनिस स्टार



अ+ अ-

एजेन्सी । सर्बियाका टेनिस स्टार नोभाक जोकोभिचले तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेका छन् । ३६ वर्षीय स्टारले पुरुष एकलको फाइनलमा नर्वेका कास्पर रुडलाई ७-६, ६-३, ७-५ ले हराए । उनले सातौं पटक फाइनल खेलेका हुन् ।

जोकोभिचको यो २३ औं ग्रान्डस्लाम उपाधि हो । उनले राफेल नाडालको २२ उपाधिलाई पछि पारे । उनी पुरुष टेनिसमा सबैभन्दा बढी ग्राण्डस्लाम जित्ने खेलाडी बनेका छन् ।

जोकोभिच फ्रेन्च ओपन जित्ने सबैभन्दा पाका खेलाडी पनि बनेका छन् । उनले ३६ वर्ष २० दिनको उमेरमा यो उपलब्धि हासिल गरेका हुन् । जोकोभिचले राफेल नाडालको कीर्तिमानलाई पछि पारेका छन् । राफेलले गत वर्ष ३६ वर्ष २ दिनको उमेरमा यो उपाधि जितेका थिए ।

जोकोभिचले लगातार दोस्रो ग्रान्डस्लाम पनि जितेका छन् । उनले जनवरी महिनामा अस्ट्रेलियन ओपनको उपाधि पनि जितेका थिए ।