२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले संसदमा प्रस्तुत गरेको बजेट फिर्ता लिनुपर्छः महेश बर्तौला



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्ताैलाले संसदमा पेश गरिएको आगामी आर्थिक वर्षको बजेट फिर्ता लिन सरकारलाई दवाव दिनु भएको छ ।

सत्तारुढ दलहरु स्वयम् सन्तुष्ट नरहेकाले सो बजेट फिर्ता गरी सांसदहरुले दिएको सुझावको आधारमा सरकारले नयाँ बजेट ल्याउनुपर्ने उहाँको तर्क थियो । आईतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सचेतक बर्तौलाले बजेटमार्फत् सरकारले जिल्ला निर्वाचन कार्यालय हटाउने, किसानको हित विपरित राष्ट्रिय दुग्ध बोर्ड खारेज गर्ने निर्णय लिएको भन्दै आपत्ति समेत जनाउनु भयो । लोकतन्त्र विरोधी खालका प्रावधान बजेटमा भएकाले विरोध गर्नु परेको उहाँले स्पष्ट पार्नु भयो ।

उहाँले भन्नु भयो, ‘जिल्ला निर्वाचन कार्यालय सिडियो कार्यालयमा गाँभ्ने सरकारको निर्णयले निर्वाचन निष्पक्ष हुन्छ भन्न सकिन्न । त्यसकारण लोकतन्त्र विरोधका काम उहाँहरुले गर्नु भएको छ बजेटमार्फत् । यो बजेट फिर्ता लिनुपर्छ । राष्ट्रपति कार्यालयमा रहेका अनावश्यक संस्थाहरु खारेज गरियोस् । यो मुलुकका किसानहरुले वार्षिक २६ लाख मेट्रिक टन दुध उत्पादन गर्दछन । ३५ हजार किसान प्रत्यक्ष रोजगारीमा जोडिएका छन । प्रत्येक दिन ६ करोड पैसा त सहरबाट गाउँ जान्छ ।

यस्तो काम गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डलाई खारेज गर्ने निर्णय गरिएको छ । यो बेठिक छ । यी, यस्ता कुराहरुलाई सुधार गर्नु पर्छ । यो कुरामा सरकारले ध्यान दिएको पाइएन । हामी प्रतिपक्षमा आँखाबाट मात्रै होइन, सरकार पक्ष स्वमय् पनि यो बजेटबाट सन्तुष्ट छैन । त्यसकारण यो बजेट फिर्ता गरियोस । हाम्रा सुझावहरुलाई समेटेर बजेट ल्याइयोस् ।’

सचेतक बर्तौलाले प्रधानमन्त्री, मन्त्री र सत्तारुढ दलका केही नेतालाई केन्द्रित गरेर बजेट विनियोजन गरिएको आरोप लगाउँदै समर्थन गर्न नसकिने बताउनु भयो ।