२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनसिप चुनौतिपूर्णः कप्तान किरण चेम्जोङ



अ+ अ-

काठमाडौँ । साफ च्याम्पियनसिपको तयारी स्वरूप मैत्रीपूर्ण खेलका फिलिपिन्स जान लागेको नेपाली पुरुष फुटबल टोलीलाई आईतवार अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाई गरेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक कार्यक्रमको आयोजना गरेर नेपाली टोलीलाई विदाई गरिएको हो । नेपालले साफ च्याम्पियसिप अघि ३२ जेठमा फिलिपिन्ससँग उसकै मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

टोलीलाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईराला, एन्फा महासचिव किरण राई लगायतले बिदाई गरेका हुन् । टोलीलाई राखेप उपाध्यक्ष शिव कोईरालासहित एन्फा पदाधिकारीले झण्डा हस्तान्तरण गरे । बिदाई पछि बोल्दै नेपाली टोलीका कप्तान किरणकुमार चेम्जोङले नयाँ टिमबाट राम्रो नतिजाका लागि खेल्ने बताउनु भयो । उनले छोटो समयको तयारीका बाबजुत पनि फिलिपिन्ससँगको खेलपछि नेपाली टोलीको साफमा कस्तो प्रदर्शन रहने थाहा हुने बताउनु भयो ।

भारतमा आयोजना हुन लागेको टोलीमा मिडलिस्ट टोली पनि सहभागिता जनाउनुले साफका स्तर बढ्ने बताउँदै साफ प्रतियोगिता प्रतिष्पर्धात्मक हुने अपेक्षा राख्नुभयो । अहिले टोलीमा केही नयाँ अनुहार जसले अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि डेब्यु नगरेको भन्दै प्रतियोगिता नेपालका लागि निकै चुनौतिपूर्ण रहेको कप्तान किरणले बताउनु भयो । साविक विजेतासहित कुवेत जस्ता बलिया टोली भएकाले नेपालका लागि अघिल्लो चरण प्रवेश गर्नका लागि ठूलो चुनौति भएको बताउनु भयो ।

यस्तै नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले फिलिपिन्ससँगको खेलमा नेपालले स्वभाविक खेलकालागि प्रयास गर्ने बताउनु भयो । नेपाली टोली आफ्नो खेल खेल्दै प्रतियोगिताको तयारी गर्ने बताउँदै प्रशिक्षक एनेसले बलियो फिलिपिन्ससँग विगतको नतिजा जस्तो भए पनि स्वभाविक खेल्दै साफ खेलमा राम्रो गर्ने रणनीति बनाएको बताउनु भयो । फिलिपिन्सलाई रोक्ने भन्दा पनि राम्रो प्रदर्शन गर्नका लागि फिलिपिन्ससँगको खेल महत्वपूर्ण रहेको भन्दै एनेसले नेपाली टोलीमा धेरै नयाँ अनुहार भएको र उनीहरुबाट आपूmले धेरै अपेक्षा गरेको भन्दै प्रशिक्षकले प्रतियोगिता राम्रो हुने विश्वास व्यक्त गर्नुभयो ।

भारतको बैंगलुरुमा आयोजना हुने १४औं संस्करणको साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले ३ नयाँ खेलाडीलाई समेट्दै २३ सदस्यीय नेपाल टिमको घोषणा गर्नुभएको छ । टोलीमा प्रशिक्षक एनेसले डिफेन्डरमा विमल पाण्डे र सीमान्त थापा तथा मिडफिल्डर लाकेन लिम्बूलाई समेट्दै नेपाली टोलीको गर्नुभएको हो । टोलीमा विमल त्रिभुवन आर्मी, सीमान्त जावलाखेल युथ र लाकेन थ्रीस्टार क्लवका खेलाडी हुन् ।

प्रतियोगिता असार ६ गतेदेखि भारतको बैंगलुरुमा शुरु हुने साफ च्याम्पियनसिपमा नेपाली टिम भारत, कुवेत र पाकिस्तानसम्मिलित कठिन समूहमा रहेको छ । समूह ए मा रहेको नेपालले ६ असारमा कुवेत, ९ असारमा आयोजक भारत र १२ असारमा पाकिस्तानसँग खेल्ने तालिका रहेको छ । यसपल्ट साफ च्याम्पियनसिपमा मध्यपूर्वका लेवनान र कुवेतले आमन्त्रित टोलीको रुपमा प्रतिष्पर्धा गर्न लागेका हुन् । यस्तै प्रतियोगिताको समूह बी मा लेवनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् । नेपालले साफ च्याम्पियसिप अघि ३२ जेठमा फिलिपिन्ससँग उसकै मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेर नेपाली टोली उतैबाट बैंगलुरु प्रस्थान गर्ने तालिका रहेको छ ।