९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

साफ च्याम्पियनसिप चुनौतिपूर्णः कप्तान किरण चेम्जोङ

साफ च्याम्पियनसिप चुनौतिपूर्णः कप्तान किरण चेम्जोङ
अ अ+ अ-

काठमाडौँ । साफ च्याम्पियनसिपको तयारी स्वरूप मैत्रीपूर्ण खेलका फिलिपिन्स जान लागेको नेपाली पुरुष फुटबल टोलीलाई आईतवार अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाई गरेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक कार्यक्रमको आयोजना गरेर नेपाली टोलीलाई विदाई गरिएको हो । नेपालले साफ च्याम्पियसिप अघि ३२ जेठमा फिलिपिन्ससँग उसकै मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

टोलीलाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईराला, एन्फा महासचिव किरण राई लगायतले बिदाई गरेका हुन् । टोलीलाई राखेप उपाध्यक्ष शिव कोईरालासहित एन्फा पदाधिकारीले झण्डा हस्तान्तरण गरे । बिदाई पछि बोल्दै नेपाली टोलीका कप्तान किरणकुमार चेम्जोङले नयाँ टिमबाट राम्रो नतिजाका लागि खेल्ने बताउनु भयो । उनले छोटो समयको तयारीका बाबजुत पनि फिलिपिन्ससँगको खेलपछि नेपाली टोलीको साफमा कस्तो प्रदर्शन रहने थाहा हुने बताउनु भयो ।

भारतमा आयोजना हुन लागेको टोलीमा मिडलिस्ट टोली पनि सहभागिता जनाउनुले साफका स्तर बढ्ने बताउँदै साफ प्रतियोगिता प्रतिष्पर्धात्मक हुने अपेक्षा राख्नुभयो । अहिले टोलीमा केही नयाँ अनुहार जसले अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि डेब्यु नगरेको भन्दै प्रतियोगिता नेपालका लागि निकै चुनौतिपूर्ण रहेको कप्तान किरणले बताउनु भयो । साविक विजेतासहित कुवेत जस्ता बलिया टोली भएकाले नेपालका लागि अघिल्लो चरण प्रवेश गर्नका लागि ठूलो चुनौति भएको बताउनु भयो ।

यस्तै नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले फिलिपिन्ससँगको खेलमा नेपालले स्वभाविक खेलकालागि प्रयास गर्ने बताउनु भयो । नेपाली टोली आफ्नो खेल खेल्दै प्रतियोगिताको तयारी गर्ने बताउँदै प्रशिक्षक एनेसले बलियो फिलिपिन्ससँग विगतको नतिजा जस्तो भए पनि स्वभाविक खेल्दै साफ खेलमा राम्रो गर्ने रणनीति बनाएको बताउनु भयो । फिलिपिन्सलाई रोक्ने भन्दा पनि राम्रो प्रदर्शन गर्नका लागि फिलिपिन्ससँगको खेल महत्वपूर्ण रहेको भन्दै एनेसले नेपाली टोलीमा धेरै नयाँ अनुहार भएको र उनीहरुबाट आपूmले धेरै अपेक्षा गरेको भन्दै प्रशिक्षकले प्रतियोगिता राम्रो हुने विश्वास व्यक्त गर्नुभयो ।

भारतको बैंगलुरुमा आयोजना हुने १४औं संस्करणको साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले ३ नयाँ खेलाडीलाई समेट्दै २३ सदस्यीय नेपाल टिमको घोषणा गर्नुभएको छ । टोलीमा प्रशिक्षक एनेसले डिफेन्डरमा विमल पाण्डे र सीमान्त थापा तथा मिडफिल्डर लाकेन लिम्बूलाई समेट्दै नेपाली टोलीको गर्नुभएको हो । टोलीमा विमल त्रिभुवन आर्मी, सीमान्त जावलाखेल युथ र लाकेन थ्रीस्टार क्लवका खेलाडी हुन् ।

प्रतियोगिता असार ६ गतेदेखि भारतको बैंगलुरुमा शुरु हुने साफ च्याम्पियनसिपमा नेपाली टिम भारत, कुवेत र पाकिस्तानसम्मिलित कठिन समूहमा रहेको छ । समूह ए मा रहेको नेपालले ६ असारमा कुवेत, ९ असारमा आयोजक भारत र १२ असारमा पाकिस्तानसँग खेल्ने तालिका रहेको छ । यसपल्ट साफ च्याम्पियनसिपमा मध्यपूर्वका लेवनान र कुवेतले आमन्त्रित टोलीको रुपमा प्रतिष्पर्धा गर्न लागेका हुन् । यस्तै प्रतियोगिताको समूह बी मा लेवनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् । नेपालले साफ च्याम्पियसिप अघि ३२ जेठमा फिलिपिन्ससँग उसकै मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेर नेपाली टोली उतैबाट बैंगलुरु प्रस्थान गर्ने तालिका रहेको छ ।