९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

असार १ गतेदेखि विद्यालय बन्द गर्ने नेपाल विद्यालय कर्मचारी परिषद्को चेतावनी

असार १ गतेदेखि विद्यालय बन्द गर्ने नेपाल विद्यालय कर्मचारी परिषद्को चेतावनी
अ अ+ अ-

काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालयका कर्मचारीहरुलाई बजेटमा सम्बोधन नगरिएको भन्दै थाली बजाएर प्रदर्शन गरेको छ ।

आईतवार काठमाडौंको बानेश्वरमा उनीहरुले थाली बजाएर सरकारको बिरोध गरेका हुन् । उनीहरुले सरकारको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयका कर्मचारीहरु लाई बजेटमा सम्बोधन गरिनेछ भन्ने विषय उल्लेख नगरेको र बजेटमा आफूहरु लाई कुनै सम्बोधन नभएको भन्दै बिरोध जनाएको हो ।

बिरोध कार्यक्रमका क्रममा बोल्दै नेपाल विद्यालय कर्मचारी परिषद्का राष्ट्रिय अध्यक्ष गंगाराम तिवारीले २०७९ भाद्र १९ गते तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलको मन्त्रीस्तरीय निर्णय गरी सामुदायिक विद्यालय कर्मचारीको दुई तहको तलवमान वृद्धि गर्ने भनेपनि बजेटमा कुनै सम्बोधन नभएकाले बाध्य भइ बिरोध गर्नुपरेको बताउनु भयो ।

उहाँले आजका दिनसम्म शान्तिपूर्ण आन्दोलन गरेपनि असार १ गतेसम्म पनि माग पूरा नभए अनिश्चितकालका लागि सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी दिनुभयो । उहाँले जेठ २९ गतेबाट काठमाडौंमा रिले अनसन बस्नेपनि बताउनु भयो । उहाँले भन्नुभयो, सरकारको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयका कर्मचारीहरुलाई बजेटमा सम्बोधन गरिनेछ भन्ने विषय उल्लेख नगरेको, बजेटमै सम्बोधन नगरेको, २०७९ साल भाद्र १ गतेदेखि गरिएको आन्दोलन, भाद्र १९ गते गरेको पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलको मन्त्रीस्तरीय निर्णय विद्यालय कर्मचारीको दुई तहको तलवमान २४ हजार ७ सय २ सहयोगी, ३२ हजार ९०२ लेखा सहायक, यसरी निजामति कर्मचारी सरहको खरदार र सुब्बा सरहको तलवमान दिने भनेर निर्णय गर्दा समेत अर्थमन्त्रालय आनाकानी गरी रोकियो भनेर लामो समयदेखि भनिँदै आएको छ ।’

‘आजका दिनसम्म शान्तिपूर्ण आन्दोलन छ । १ गतेसम्म शाीन्तपूर्ण गर्छौं र तर भोलिदेखि रिले अनशन भद्रकाली गर्नेछौँ । आज थाल बजाएर बिरोध गरेका हौँ । थाल बजाउनुको अर्थ सरकारले थाल किन्ने पैसा दियो तर थालमा राखेर खानेकुरा दिएन, त्यसैले बिरोध गरेका हौँ । २ गतेदेखि विद्यालय बन्द गर्ने कार्यक्रम अनिश्चितकालीन बन्द गर्नेछौँ । माग पूरा नहुन्जेलसम्म ।’

उनीहरुले संघीय शिक्षा ऐन जारी गर, बुँदा नम्बर १२७ लागू गर, संविधानको धारा ३१ लागू गर, हाम्रो माग पूरुा गर लगायतका माग राखि बिरोध प्रदर्शन गरेका हुन् ।