९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

तराई–मधेसमा उखरमाउलो गर्मी

तराई–मधेसमा उखरमाउलो गर्मी
अ अ+ अ-

धनुषा । तराई–मधेशका अधिकांश स्थानमा एक सातादेखि तातो हावा चलिरहेको छ । यहाँका अधिकांश भागमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि जनजीवन अस्तव्यस्त बन्दै आएको छ । दिउँसो त घर बाहिर निस्किनै नसकिने अवस्था छ ।

क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरकी किसान रामपरी यादव भन्नुहुन्छ, “खेतीपातीको काम त बिहान–बेलुका गर्छौँ । विगतमा भन्दा यो वर्ष त साह्रै गर्मी भएजस्तो लाग्छ । पहिला गर्मी हुँदा शीतलमा बस्न ठूलाठूला रुख हुन्थे, अहिले त रूख पनि कहाँ पाउनु रु बुढाले छाता ओड्नुभयो भने म सलको सप्को टाउकोमा हाल्छु, बुढाले टाउकामा फेटा बाँधे म छाता ओड्छु । यो घाम त वर्षौँंदेखि छाता र सप्कोले छल्दै आएका छौँ ।”

मिथिला नगरपालिका–६ ढल्केवर निवासीआरती कुमारी भन्नुहुन्छ, “घरबाट निस्किँदा घामबाट जोगिन ‘सनब्लक’ प्रयोग गरेकी थिएँ, पसिनाले सबै गयो । छाताले पनि घाम छेक्दैन । अहिले चर्को घाम छ । एकछिन घाममा बस्दा टाउको दुखेर मर्नु न बाँच्नु हुन्छ । घाम सहनुभन्दा अर्को विकल्प नै के छ र रु”

महेन्द्रनगरका युवा सोनु मण्डलको भनाइ छ, “जसरी जाडोमा चोक चोकमा दाउरा बाल्ने, नि:शुल्क चिया बाँड्ने गरिन्छ, त्यस्तै गर्मीमा पनि केही उपाय निकाल्नुपर्छ । गर्मीमा चोक चोकमा पानीको व्यवस्था गर्नुपर्छ । सडकमा पानी छर्कने व्यवस्था गर्न सके केही सहज हुन्थ्यो । स्थानीय सरकारले यसमा ध्यान दिनुपर्छ । अत्यधिक घामबाट बच्ने उपायबारे पनि नागरिकलाई जानकारी दिनुपर्छ ।”

“आजभोलि त असाध्यै गर्मी छ, बिहान बेलुका मात्रै अटो चलाउँछु । दिउँसो त कोही बाहिर निस्कँदैन । दिउँसो अटो चलाउन पनि सकिँदैन । बिहान बेलुका अटो चलाउँदा पनि पसिनाले निथ्रुक्कै भइन्छ । घाम भयो भनेर घरमा बस्न पनि मिल्दैन, बिहान–बेलुकाको छाक टार्न पनि अटो चलाउनै पर्‍यो,” अटोरिक्सा चालक जगदीश पासवान बताउनुहुन्छ ।

बटेश्वर गाउँपालिका– ५ शान्तिपुरका घुरन महतो भन्नुहुन्छ, “एकतले घर छ, दिउँसो त तातेर बस्नै नसकिने हुन्छ । सहनै सक्दिनँ, दिनभरि नलको चिसो पानीले नुहाइरहन्छु । गर्मीले परिवारका सदस्यका शरीरभर घमौरा आएका छन् । मलाई पनि अलि अलि घमौरा आएको छ ।”अत्यधिक गर्मीले विगत केही दिनदेखि दैनिक ज्यालादारी गर्ने मजदुरहरूको जनजीवन कष्टकर बनेको छ ।

जीविकोपार्जनको माध्यम दैनिक ज्यालादारी मात्रै हुने आफूहरूजस्ता मजदुरलाई गर्मीमा काम गर्न निकै कठिन भएको वर्दिवास– ३ का दुर्गा परियार बताउनुहुन्छ । विगत १५ वर्षदेखि मजदुरी गर्दै आउनुभएकी उहाँ पछिल्ला वर्षमा बर्खायाममा सहनै नसकिने गरी गर्मी बढ्ने गरेको बताउनुहुन्छ ।

अहिले तराईका धेरै क्षेत्रमा सरकारी कार्यालयका काम गर्न जान पनि कठिन भएको सेवाग्राहीहरू बताउँछन् । सहरी क्षेत्रमा मानिसहरूको चहलपहल निकै कम देखिन्छ । दिउँसोको समयमा घरबाहिर निस्किएर काम गर्न मुस्किल भइरहेको सर्वसाधारणको भनाइ छ । दस दिनदेखि गर्मी बढेकाले जनजीवन अस्तव्यस्त हुनाका साथै मधेश क्षेत्रका विद्यालय एक साताका लागि बन्द गरिएका छन् ।

गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने भएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल बताउनुहुन्छ । गर्मी बढिरहेकै बेला विद्युत् पनि छिनछिनमै आउने–जाने गरेकाले जनजीवन झन कष्टकर बनेको छ । विद्युत् प्राधिकरण जनकपुर शाखाका अनुसार गर्मीमा विद्युतीय उपकरणको प्रयोग बढेकाले विद्युतलाई स्थिर राख्न सकिएको छैन ।

जनकपुर–९ का विमल मण्डल प्राधिकरणले जानीजानी विद्युत् सेवा अवरुद्ध गरेर सर्वसाधारणलाई दु:ख दिइरहको आरोप लगाउनुहुन्छ  । “गर्मीले सीमा नाघिसकेको छ । भोल्टेज नहुँदा पङ्खा घिस्रीघिस्री घुम्छ,” उहाँ भन्नुहुन्छ, “आपतका बेला त बिद्युत सेवा यथावत हुनुपथ्र्यो ।”

मौसम विज्ञान विभागले तातो हावाबाट बच्न घरभित्र वा चिसो ठाउँमा रहन, घाममा हिँडडुल नगर्न, हलुका लुगा लगाउन, घर बाहिर निस्कँदा कपडा वा अरू कुराले टाउको छोप्न र पानी तथा झोल पदार्थ पर्याप्त पिउन सुझाव दिएको छ । तातो हावाका कारण अत्यधिक थकान हुने, कमजोरी हुने, तिर्खा लाग्ने, बेहोस हुने, बान्ता हुनेलगायत जोखिम बढ्न सक्छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार भैरहवादेखि पूर्व सप्तरीसम्म तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । मधेश प्रदेशका आठवटै जिल्लाको सरदर तापक्रम ४० डिग्रीभन्दामाथि पुगेको छ । अपराह्न ४२ डिग्री सेल्सियससम्म पुग्ने तापक्रमले सहरी क्षेत्रमा चहलपहल पातलिएको छ । दिउँसो सडक, बजार र सरकारी अड्डा सुनसान बन्दै आएका छन् ।

मनसुनी वर्षा सुरू नहुँदासम्म अत्यधिक गर्मी कायम रहने विभागले जनाएको छ । सामान्यतया नेपालमा मनसुन आठ जुनमा सुरु हुन्छ तर यसपटक मनसुन सुरु हुन सकेको छैन मौसम विज्ञान विभागले जेठ १८ देखि असोज १३ सम्मको अवधिलाई मनसुनी समय मानेको छ । गतवर्ष एकसाताअघि नेपालमा मनसुन भित्रिए पनि वर्षा यामका बेलामा भने समयमै मनसुनी वर्षा हुने सम्भावना कम देखिएको मौसमविद् झा बताउनुहुन्छ  ।

उहाँ भन्नुहृुन्छ, “अरू बेला भारतको केरेलामा जुन १ मा मनसुन सुरु भइसक्थ्यो । त्यहाँ अझै मनसुनी प्रणाली विकसित भइसकेको छैन । त्यसैले समयमै मनसुनी वर्षा हुने सम्भावना न्यून छ ।”अहिले जेठ महिना सकिन लाग्योे उखरमाउलो गर्मी छ । गर्मीको समयमा पानीको कमीका कारण एलर्जीको समस्या धेरैमा हुने गर्छ । शरीरमा पानी कमी भयो भने शरीरबाट विषाक्त पदार्थ बाहिर निस्कन नपाउँदा शरीरका लागि जरुरी अक्सिजन पनि प्राप्त नहुने भएकाले गर्मी या चिसो, हरेक मौसममा पर्याप्त पानी पिउनु पर्नेमा डा नितेश मण्डल जोड दिनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “गर्मीमा शरीरको तापमान नियन्त्रत गर्न पसिनाबाट प्रशस्त पानी बाहिर निस्कन्छ । यसैले यो बेला पानी अझ बढी आवश्यक हुन्छ । पानीको कमीका कारण मिर्गौलाको समस्यासमेत बल्झिने सम्भावना हुन्छ । सबैभन्दा बढी समस्या चाहिँ ‘डिहाइड्रेशन’ नै हो ।”

जनकपुर प्रादेशिक अस्पतालका फिजिसियन डा दिग्विजय ठाकुर पनि गर्मीबाट जोगिन पर्याप्त पानी पिउनुपर्ने सुझाव दिनुहुन्छ  । “हावा चलेकाले लु रोकिएको हो,” उहाँ भन्नुहुन्छ, “४० डिग्रीभन्दा माथिको तापक्रममा हावा तेज भए लुको खतरा हुन्छ । त्यसपछि त बिरामीको चाप थेग्नै नसक्नेगरी बढ्छ ।”

मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका अवकास प्राप्त निर्देशक विजय झाका अनुसार पानीको कमीबाट शरीरमा बोसोको मात्रा बढ्ने, पाचनक्रिया कमजोर हुने, शरीरमा विषाक्तपन बढ्ने, जोर्नी र मांसपेशीमा पीडा हुने आदि समस्या निम्तन्छन् । यतिमात्र नभइ प्रतिदिन व्यायाम गर्ने मानिसको शरीरले पानीको खपत बढी गर्छ ।

यस्ता मानिसका लागि पानीको कमी हानिकारक हुन सक्छ । यस्तो अवस्थामा तिर्खा नलागे पनि समय–समयमा पानी पिउनुपर्छ । दिनको आठ गिलास पानी पिउने हो भने डिहाइड्रेशनको समस्याबाट सजिलै बँच्न सकिन्छ । चिकित्सकहरुका अनुसार कतिपय मानिस पानीको साटो सफ्ट ड्रिंक, बियर, कफी, सोडाजस्ता पेयपदार्थ पिउँछन् । तर तरल पदार्थ भए पनि यी चिज स्वास्थ्यका दृष्टिले हानिकारक मानिन्छन् । यी चिज पिउँदा पनि डिहाइड्रेशन हुन सक्छ । डिहाइड्रेशनका कारण व्यक्तिको सोच्ने तथा चिजलाई सन्तुलिन गर्ने क्षमता र रक्त सन्चारआदिमा कमी आउन सक्छ । मदिरा पिउने व्यक्तिलाई पनि डिहाइड्रेशन हुनसक्छ । रासस