३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी वर्षदेखि बिहान १० बजे बजेट घोषणा गरौँ: सांसद गिरी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दीपक गिरीले आगामी आर्थिक वर्षदेखि बजेट घोषणा बिहान १० बजे गर्नुपर्ने बताउनुभएको छ ।

आईतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गिरीले भारतको तत्कालिन कम्पनी सरकारको सिको गर्दै नेपालमा पनि दिउँसो ४ बजे बजेट घोषणा गरिएको भन्दै आगामी आर्थिक वर्षदेखि बिहान १० बजे घोषणा गर्नुपर्ने बताउनु भयो ।

तत्कालिन भारतमा कम्पनी सरकार रहँदा बेलुका ४ बजे घोषणा गर्नुको रहस्य इंल्याण्डमा बिहान १० बजेको हुने र ब्रिटिशहरुलाई उपयुक्त समय पारिएको भन्दै नेपालले त्यो कुराको सिको गरिरहनु आवश्यक नभएको उहाँले बताउनु भयो । आगामी वर्षदेखि दिउँसो ४ बजे गर्नु नहुने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘यो मुलुकमा सधैँ बजेट भाषणहरु बेलुका ४ बजे हुने । के कारण रहेछ त ४ बजे हुने भन्ने मैले पत्ता लगाएँ । किन बिहान १० बजे नहुने, किन १२ बजे नहुने । चाहे मल्टी पार्टी डेमोक्रेसी आएपछि होस्, चाहे गणतन्त्रमा आएपछि होस् मुलुकको बजेट ४ बजे हुने । कारण के रहेछ भनेर मैले यसो हेरेँ । जतिबेला भारतमा ब्रिटिश इन्डिया गर्भमेन्ट थियो, अथवा कम्पनी सरकारको गर्भमेन्ट थियो त्यतिबेला भारतको बजेट बेलुका ४ बजे भनिदोँ रहेछ । कारण के भने इंल्याण्डमा बिहानको १० बज्दो रहेछ । त्यतिबेला त्यहाँको बजेट त्यहाँ ब्रिटिशहरुलाई सुन्नु जरुरी रहेछ । त्यो कारणले चलेको चलन यद्यपी नेपालमा चार बजे आयो । त्यो सुधार्नुपर्‍यो । म सबै सरकार पक्षिय, प्रतिपक्ष सबैलाई भन्छु । अब आउँदो हाम्रो बजेट चार बजे होइन, १० बजे आउनुपर्‍यो ।’

उहाँले जो अर्थमन्त्री बन्छ उसले आफ्नो क्षेत्रमा मात्रै बढी बजेट लाने गरेको उल्लेख गर्दै जिल्लाहरुको न्युनतम आवश्यकता अध्ययन गरेर मात्रै बजेट पठाउनुपर्ने बताउनु भयो । उहाँले सांसदहरुको कुनै हैसियत नभएको भन्दै आफुलाई झोले सांसदको संज्ञा दिनुभयो । उहाँले काठमाडौँ महानगरपालिकाको मेयर बालेन्द्र शाहले सांसदहरुलाई वडाअध्यक्षको स्तरमा पुर्‍याइदिएको भन्दै शाहलाई सलाम अर्पण गर्नुभयो ।