५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी फलफुल खाँदा रगतमा अक्सिजन बढाउछ, जान्नुहोस् कुन फलफुल खाने त ?



अ+ अ-

काठमाडौं । हामीले खाने दैनिक फलफुलले अक्सिजन बढाउने काम गर्छ । फलफुलले यसै पनि स्वास्थ्यका लागि लाधदायक हुन्छ । तर अहिले देशभरी नै कोरोना महामारी फैलिएको अवस्थामा फलफुलले तपाईको शरीरमा अक्सिजन  बनाउनको निम्ति अहम भुमिका खेल्छ । त्यसैले यस्ता फलफुलहरुलाई तपाईको दैनिकिमा समावेश गर्नुस् ।  

अल्कलाइनयुक्त डाइटले रक्त सञ्चारमा अक्सिजनको स्तर बढाउने गर्छ भने यसले ल्याक्टिक एसिडको निर्माणलाई पनि रोक्दछ । अल्कलाइनयुक्त खानाले शरीरको पीएच स्तरलाई सामान्य बनाउँछ भने अंगलाई ठिक तरिकाले काम गर्न मद्दत गर्छ ।

यस्ता रहेका छन् अक्सिजन बढाउन मद्दत गर्ने फलफुलहरु :

भुइँकटरः भिटामिन ए, बी, सीले भरपुर भुइँकटरबाहेक नासपाती र किसमिसको पनि पिएच भ्यालू ८.५ हो । यो एन्टी अक्सिडेन्ट फलले रगतलाई नियन्त्रित गरेर रक्तचाप कम गर्न सक्छ ।

भेडेखुर्सानीः ८.५ पीएच भ्यालु र भिटामिन एले भरपुर भेडेखुर्सानी रोग र तनाव पैदा गर्ने फ्रि रेडिकल्सबाट लड्नमा मद्दत गर्छ ।

कागतीः एसिडिक कागती अक्सीजनयुक्त फल हो जुन खाएपछि शरीरभित्र अल्कलाइनमा परिणत हुन्छ । रुघा–खोकी, फ्लू, छाती पोल्ने र भाइरल रोगमा यसको सेवन गर्दा यो लाभकारी साबित हुन्छ ।

खरबुजाः ९ पिएच भ्यालुसहित सबैभन्दा धेरै अल्कलाइन भएको खरबुजा खाँदा रगतमा अक्सिजनको कमी पूरा हुन्छ ।

मेवाः मेवासहित आँपमा पनि पिएच भ्यालू ८।५ हो । यी दुबै फलले मृगौला सफा गर्ने काम गर्छ ।

किवीः रगतमा अक्सिजनको स्तर बढाउनका लागि किवी र फ्रुट जुस खानामा समावेश गर्नुहोस् ।

आरुः फाइबरले भरपुर आरुको पिएच भ्यालू ८ हो । रगतमा अक्सिजनको स्तर बढाउनका लागि निश्चित रुपमा आरुको सेवन तपाईंका लागि फाइदाजनक हुन्छ ।

गाजरः रगतमा अक्सिजनको कमीलाई पूरा गर्नका लागि एन्टी अक्सिडेन्टयुक्त गाजर, खजुर, पाकेको केरा, लसुन खानुहोस् । (एजेन्सीको सहयोगमा)