२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिबाट नन्दी चोरी



अ+ अ-

पशुपतिनाथ मन्दिरमा छाडिएका नन्दी (साँढे) तस्करी भएको छ । एक साताको अन्तरालमा दुई वटा नन्दी चोरी गर्दै गरेको अवस्थामा फेलापरेपछि पशुपतिनाथका साँढे पनि तस्करले लैजाने गरेको खुलेको हो ।

जेठ २३ गते साँढे चोरी गरी लैजान लागेको अवस्थामा रामेछाप घर भई हाल ललितपुरमा गाई फार्म सञ्चालन गर्ने यादव बोहोरालाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त गौशाललाका अनुसार सोही दिन अभियुक्त बोहोरालाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनका लागि म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीले बोहोरासँगै बा१३च १४०१ नम्बरको पिकअप भ्यान बरामद गरेको छ । साथै गाडीमा राखिएको एउटा नन्दी उद्धार गरिएको प्रहरीको भनाइ छ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बौद्धबाट अर्को एउटा नन्दी पनि उद्धार गरिएको बताउनुभयो । उहाँका अनुसार शुक्रबार पशुपति क्षेत्रबाट बौद्ध पुर्याइएको नन्दी फिर्ता ल्याएर औषधोपचार गरिएको छ ।

उहाँले भन्नुभयो, ‘ठूला भएका नन्दी चोरी गर्ने गिरोह सक्रिय भएको पाइयो । यस्ता नन्दी पाँच मिनेटमा छोटो दूरी मात्रै हिँड्न सक्छन् । शुक्रबार बौद्धमा पुर्याएर बाँधेको अवस्थामा फेला पर्यो । हानेर भागेको भागै गर्यो । बल्लबल्ल उद्धार गरी ल्याएर औषधि लगाइयो ।’

डा. खतिवडाले पशुपतिनाम मन्दिरमा प्रत्येक पूर्णिमामा १२ वटा र मकैसुब्बा गुठीबाट एउटा गरी वर्षमा १३ वटाका दरले पशुपतिनाथका नाममा नन्दी छाड्ने परम्परा रहेको बताउनुभयो । उहाँका अनुसार यसरी छाडिएका नन्दी पाशुपत क्षेत्रमै रहन्छन् । उहाँले भन्नुभयो, कहिलेकाँही पशुपतिनाथबाट नन्दी हराउने कुरा सुनिन्थ्यो तर चोरी नै हुँदोरहेछ भन्ने अहिले खुल्यो ।

डा खतिवडाले नन्दी संरक्षणमा पशुपति गौशाला धर्मशालाको दायित्व हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पशुपति गौशाला धर्मशालाको जिम्मेवारी नै पशुपतिनाथका नाममा छाडिएका नन्दी संरक्षण गर्नु हो तर गौशाला धर्मशालामा जर्सी गाई पालेर दूध व्यापार गरिन्छ । नन्दी बाहिरको बाहिरै हुन्छन् । त्यो जग्गा नन्दी संरक्षण गर्न हो गाई पाल्न होइन ।’ पशुपति गौशाला धर्मशाला अहिले मारबाडी सेवा समितिले सञ्चालन गर्दै आएको छ ।