२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनै लोभ्याउने मगर लाफा भिलेज



अ+ अ-

तनहुँ । तनहुँको भिमादस्थित मिछुर्लुङमा रहेको मगर लाफा भिलेज पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै आएको छ ।

प्रकृति, संस्कृति र मगर संस्कारलाई प्रवद्र्धन गर्दै आएको यो रिसोर्टमा प्रकृतिको सुन्दर दृश्यावलोकन, मगरको संस्कार, सँस्कृति बुझ्न सकिन्छ ।

पत्रकार प्रताप रानाको व्यक्तिगत लगानीमा सो रिसोर्ट सञ्चालनमा आएको हो । रिसोर्टको मुख्य आकर्षण घुमाउने घर र खुर्पेटो रहेको छ । लोप हुन लागिसकेको अवस्थाको खुर्पेटो र घुमाउने घर रिसोर्टमा राखिएको छ ।

मगर समुदायको चिनारीको रुपमा रहेको खुर्पेटो रिसोर्टको अगाडि नै देख्न सकिन्छ । साथै रिसोर्टमा रहेको घुमाउने घरमा पूरानै किसिमको खरको छानो राखिएको छ ।

रिसोर्टमा ढिकी, जाँतो जस्ता पूराना सामाग्रीहरू पनि राखिएको छ ।

लाफा भेलेज रहेको मिर्छुलुङको डाडाँमा एक भ्यु टावर समेत रहेको छ । उक्त भ्यु टावरले आन्तरिक पर्यटकलाई थप आकर्षित गर्दै आएको छ । सो भ्यु टावर स्थानीयको सक्रियतामा निर्माण गरिएको हो ।

तनहुँको खैरेनीटारबाट ८ किलोमिटरमा भिमाद रहेको छ । भिमाद हुँदै मिर्छुलुङ पुग्न सकिन्छ । भिमादबाट ४ किलोमिटर माथि मिर्छुलुङमा जानका लागि यातायातको सुविधा पनि रहेको छ ।