६ भाद्र २०८३, शनिबार
,
Latest
बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध अटिजम भएका बालबालिकाका लागि सबै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्दै छौँ : मन्त्री पोखरेल बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’बीच १४ बुँदे सहमति ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र, बन्दैछन् २०० बढी स्टल रसुवामा पहिरोले ११ घरगोठ पुरियो, करिब साढे २९ लाखको क्षति मौरीको घारमा ‘सानो खपटे कीरा’को सङ्क्रमण बाढी नियन्त्रण र सिँचाइलाई एकीकृत रूपमा अघि बढाउन मन्त्री श्रेष्ठको निर्देशन एमाले अध्यक्ष ओलीद्वारा ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ उद्घाटन काँग्रेस महाधिवेशन मंसिरपछि सार्न मिल्दैन, सर्वोच्चले यसलाई बुझ्छः उपसभापति शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगको फाइनल आज, उपाधिका लागि सिटी र इन्टर भिड्दै



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिगको फाइनल आज हुँदैछ । उपाधिका लागि इंग्लिस क्लब म्यान्चेस्टर सिटी र इटालियन क्लब इन्टर मिलान भिड्दैछन् । टर्कीको इस्टानबुलस्थित अतातुर्क ओलम्पिक स्टेडियममा हुने खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

उच्च लयमा रहेको म्यान्चेस्टर सिटी आजको फाइनल जित्दै ट्रेबल उठाउने दाउमा रहेको छ । उसले प्रिमियर लिग र एफए कपको उपाधि जितसिकेको छ । आजको फाइनल जितेमा सिटीले एकै सिजनमा तीन ठूला उपाधि जित्नेछ । सिटीले हालसम्म च्याम्पियन्स लिगको उपाधि जितेको छैन । तसर्थ सिटी एकैपटक पहिलो च्याम्पियन्स लिग ट्रफि र ट्रेबल उठाउने दाउमा छ ।

अर्कोतर्फ इन्टर मिलाल १३ वर्षपछि उपाधि जित्ने रणनीतिमा छ । उसले पछिल्लो पटक २०१० मा जर्मन क्लब बायर्न म्युनिखलाई हराउँदै समग्रमा तेस्रो पटक उपाधि उचालेको थियो । तुलनात्मक रुपमा इन्टरभन्दा सिटी बलियो देखिए पनि फाइनलमा नतिजा दुई टोलीमध्ये जुनसुकै टिमको पक्षमा जान सक्छ । फाइनल खेल रोमाञ्चक हुनेमा दुईमत छैन ।