९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कैलाशेश्वर सामुदायिक वनमा भीषण आगलागी

कैलाशेश्वर सामुदायिक वनमा भीषण आगलागी
अ अ+ अ-

कैलाली । कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनमा भीषण आगलागी भएको छ । दिउँसो २ बजेदेखि शुरु भएको आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । ठूलो आगो नियन्त्रणमा आइसकेको र रुखमा लागेको आगो निभाउने प्रयास भइरहेको जानकी गाउँपालिकाले जनाएको छ । आगलागीका कारण ठूला साल तथा सिसमका रुख जलेकाले आगो नियन्त्रणमा समस्या भइरहेको छ ।

पालिकाले आगलागी बस्तीमा फैलन सक्ने जोखिम बढेकाले जोखिममा रहेका बस्तीलाई सुरक्षित रहन अपिल गरेको छ । “रुखका टुप्पामा आगो दन्किरहेको छ । हावा चलेमा यो आगो बस्तीमा फैलन सक्ने जोखिम छ”, पालिकाका विपद् व्यवस्थापन शाखा सम्पर्क व्यक्ति नेत्रप्रसाद जैसीले भन्नुभयो”, वनसँग नजिक भएका बस्ती विजयनगर, लायकपुर, जगतपुरका स्थानीयवासीलाई सचेत रहन भनेका छौँ । रुखका टुप्पासम्म निभाउन कठिन भएको छ ।”

आगो नियन्त्रणका लागि टीकापुर नगरपालिका र लम्कीचुहा नगरपालिकाको दमकल, स्थानीय बासिन्दा, गाउँपालिकाको स्काभेटर, प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि खटेका छन् ।

अहिलेसम्म २० हेक्टर बढी वन क्षेत्र जलिसकेको पालिकाले जनाएको छ । आगलागीबाट करोडौँको वन पैदावारमा क्षति भएको पालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति जैसीले बताउनुभयो । “वन क्षेत्रमा दिउँसोदेखि आगलागी भएको खबर पाएलगत्तै निभाउने प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो, “अत्यधिक गर्मी भएकाले आगो धेरै फैलिरहेको छ । गर्मीको समयमा वन सुक्खा भएका बेला आगलागी हुँदा वन पैदावारमा क्षति भएको छ ।”

इलाका प्रहरी कार्यालय टीकापुरले आगलागी बस्तीतर्फ फैलन नदिन सबै नियन्त्रणमा खटिरहेको जानकारी दिएको छ । वनमा आगो कसरी लाग्यो भन्ने अनुसन्धान भइरहेको बताइएको छ । कैलालीमा हरेक वर्ष गर्मीका समयमा आगलागीजस्ता घटनाले करोडौँको वन पैदावार नष्ट हुने गरेको छ ।

सामुदायिक वनहरूले आगो नियन्त्रणका लागि अग्निरेखा निर्माण, उपभोक्तालाई सचेतनाजस्ता कार्यक्रम गरे पनि बर्सेनि आगलागीका घटना न्यूनीकरण हुन सकेका छैन । गर्मी समयमा आगलागीका घटना बढ्दै गए पनि कैलालीमा अग्नि नियन्त्रणका लागि दमकल अभाव हुने गरेको छ । यस क्षेत्रमा लम्की चुहा र टीकापुरमा मात्र दमकल भएकाले यहाँका अन्य पालिकामा समेत आगलागीका घटना हुँदा समस्या हुने गरेको छ ।

भजनीका शिवबहादुर चौधरीले अर्को पालिकाको दमकल पुग्दासम्म घर जलेर नष्ट भइसक्ने भएकाले हरेक पालिकाको दमकल हुनुपर्ने बताउनुभयो । “गत वर्ष छिमेकीको घरमा आगलागी भयो, टीकापुरको दमकललाई खबर ग¥यौँ, दमकल पुग्दा घर जलेर नष्ट भइसकेको थियो”, उहाँले भन्नुभयो, “पालिकाको आफ्नै दमकल भएको भए घर जोगाउन सकिन्थ्यो ।”

टीकापुर नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले गर्मीको समयमा आगलागीका घटना बढी हुने भएकाले आगलागी हुँदा छिमेकी पालिकासमेतमा दमकल पठाउने गरिएको बताउनुभयो । “कहिलेकाहीँ अन्य पालिकामा दमकल पठाउँदा आफ्नो क्षेत्रमा आगलागी भइदिन्छ, यस्तो बेला समस्या हुन्छ”, उहाँले भन्नुभयो, “विपद्का समयमा निकै जोखिम हुन्छ । सबै पालिकामा दमकल भएको भए सहज हुन्थ्यो ।” रासस