• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

प्रधानमन्त्री प्रचण्डविरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश



फाईल फोटो

काठमाडौं। सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको रिट दर्ता गर्न आदेश दिएको छ ।

माओवादी जनयुद्धकालका बाल सैनिक लेनिन विष्टले सर्बोच्च प्रशासनले दरपीठ गरेको रिट निवेदन दर्ता गरिपाऊँ भनी दिएको निवेदनमा न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले सो आदेश दिएको हो ।

आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओबादीले बालसेनाको रुपमा प्रयोग गरी जबरजस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकाल्नु युद्ध अपराध गरेको विष्टको भनाई छ ।

सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरुप निरुपण हुने भन्दै उनको रिट दरपीठ गरेको थियो। दरपीठविरुद्ध विष्टले दिएको निवेदनमा सुनुवाई गर्दै शुक्रबार रिट दर्ता गर्न आदेश दिएको हो ।