• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   भारतीय टोलीको मुख्य प्रशिक्षकमा गौतम गम्भीर ! ★   भरतपुर महानगरपालिको दियो ४ हजार ५ सय २४ जनालाई नि:शुल्क तालिम ★   खडेरीले नपसाउँदै बारीमै सुक्न थाले मकै ★   सास्तीमा छन् निसेलढोरवासी ★   काँग्रेस महामन्त्री शर्माको प्रश्ताव: बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरुको लगानीमा बनाउनुपर्छ ★   भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग ★   झण्डै १ अर्ब ठगी आरोपमा पक्राउ परेका कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना सार्वजनिक ★   मनकामना केबलकार ५० दिन बन्द हुने ★   कालीकोट को मान्मामा प्रभु बैंक को ३०५ औ शाखा सञ्चालनमा ★   मधेस प्रदेशमा हत्याका घटना बढे, सक्रियता अपनाउन आवश्यक छ: सांसद मैनाली

प्रधानमन्त्री प्रचण्डविरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश



फाईल फोटो

काठमाडौं। सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको रिट दर्ता गर्न आदेश दिएको छ ।

माओवादी जनयुद्धकालका बाल सैनिक लेनिन विष्टले सर्बोच्च प्रशासनले दरपीठ गरेको रिट निवेदन दर्ता गरिपाऊँ भनी दिएको निवेदनमा न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले सो आदेश दिएको हो ।

आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओबादीले बालसेनाको रुपमा प्रयोग गरी जबरजस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकाल्नु युद्ध अपराध गरेको विष्टको भनाई छ ।

सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरुप निरुपण हुने भन्दै उनको रिट दरपीठ गरेको थियो। दरपीठविरुद्ध विष्टले दिएको निवेदनमा सुनुवाई गर्दै शुक्रबार रिट दर्ता गर्न आदेश दिएको हो ।