२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको राजनीतिक इतिहास माओवादीविना अपूरो हुनेछ: जनार्दन शर्मा



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपालको राजनीतिक इतिहास माओवादीविना अपूरो हुने बताउनुभएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बजेटमाथि भएको छलफलमा उहाँले संघीयता, धर्म निरपेक्षता, समावेशीता जस्ता मुद्दा माओवादीको विरासत भएको र संसद्को तेस्रो शक्ति बने पनि परिवर्तनको रापतापबाट आएको चुम्बकीय शक्ति बाँकी रहेको बताउनुभयो ।

बजेटमाथिको छलफलका क्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी ३२ सिट झरेको व्यंग्यको जवाफमा उहाँले माओवादीको शक्तिविना एमाले अध्यक्ष ओलीको सिंहदरबार यात्रा कठिन रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “माओवादीको बलमा माननीय केपी ओलीजीलाई प्रधानमन्त्री बनाउन हामीले पार्टीगत, समूहगत र व्यक्तिगत रुपमा योगदान पुर्याएको होइनौँ र ?”

मंसिरको चुनावमा एमालेको एकल एजेण्डा अनुमोदन नभएको र शक्तिको व्यापक क्षयीकरण भएको उहाँको भनाइ थियो । उपमहासचिव शर्माले भन्नुभयो, “याद रहोस्, माओवादीको शक्तिविना तपाईंको सिंहदरबार यात्रा कठिन छ र भइरहने छ ।”