९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

पहिचानको नाममा अराजक मच्याउने छुट कसैलाई छैन – गृहमन्त्री

पहिचानको नाममा अराजक मच्याउने छुट कसैलाई छैन – गृहमन्त्री
अ अ+ अ-

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानवादीको आन्दोलनको नाममा केही अराजक र असंवैधानिक गतिविधिहरु भए कसैलाई छुट नहुने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा एमाले नेताहरुमाथि पहिचानवादीहरुले गरेको आक्रमणको बिषयमा उठेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

गृहमन्त्री श्रेष्ठले अराजक घटना निम्त्याउनेहरुलाई कारवाही दायरामा ल्याएको पनि बताए। उनले भने, ‘विविध पक्षको प्रकार संस्था र संगठन छन्। जसले पहिचानको पक्षधर भएको बताउँदै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्। हामी संविधान लोकतान्त्र र शान्तिपूर्ण बाटोलाई सुनिश्चिता गर्न चाहन्छौं। संघीयता होस् वा कोशी प्रदेशको वैचारिक विरोध गर्नु वा फरक दृष्टिकारण राख्नु, अर्को नामको पक्षमा जनधर खडा गर्न पाउँछन्।’

उनले अहिले सबैको सुरक्षा र वार्ताबाट समस्याको समाधानको पहल भइरहेको र अराजक गतिविधिलाई सरकारले छुट नदिने कुरा आन्दोलनकारिलाई पहिले नै अवागत गराईसकेको जनाए ।