५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार छाड्नु परे परोस्, बजेट पास हुन दिन्नौं– राजेन्द्र पाण्डे



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले जारी गरेको बजेट आफ्नो पार्टीले यथास्थितिमा पास गर्न नदिने चेतावनी दिएका छन् ।

सरकारले ल्याएको बजेटमा विभेद गरेको भन्दै त्यसलाई कुनैपनि हालतमा पास गर्न नदिने चेतावनी दिएका हुन् ।

पार्टीनिकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनको प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रमा बोल्दै पाण्डेले त्यसका लागि सरकार छाड्नुपरे नेकपा एस तयार रहेको बताए ।

उनले भौतिक पूर्वाधारको ५ अर्ब बजेटको आधा रकम डडेलधुरा, गोरखा र नुवाकोट लगिएको भन्दै आक्रोश पोखे । ‘भौतिक पूर्वाधारमा ५ अर्ब बढी पैसा गयो रे । त्यसमा ११० करोड डडेलधुरामा ५५ करोड गोरखामा ७०-७५ करोड नुवाकोटमा । २३२ करोड चाहिँ तीन वटा जिल्लामा बाँकी २६८ करोड चाहिँ ७४ जिल्लामा यो टाइपले बजेट विनियोजन भयो । आजका दिनमा यस्तो अन्याय हुनुहुँदैन।’, उनले थपे, ‘हामी कडाइका साथ भनिरहेका छौं । यही अवस्थामा यथास्थितिमा यो बजेट पास हुँदैन । सरकार छाड्नुपरे परोस् अन्याय सहँदैनौं । लुरुलुरु बसिरहने हामी होइन ।’