५ चैत्र २०८१, मंगलवार
March 18, 2025 Tuesday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 15.02

Wind: 2.06

Humidity: 41

तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतितोला आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज शुक्रबार सुन तथा चाँदीको मूल्य बढेको छ।

आज छापावाल सुन प्रतितोला आठ सयले बढेर एक लाख १२ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाल सुन प्रतितोला एक लाख ११ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्त,ै आज तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार उक्त सुन प्रतितोला एक लाख ११ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।