७ चैत्र २०८१, बिहीबार
March 20, 2025 Thursday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 4.63

Humidity: 25

Latest
यस वर्ष पाँच सय युवालाई स्टार्टअप ऋण सहायता दिइने प्रधानमन्त्रीद्वारा जानकारी सामसनले नभई यी खेलाडीले गर्नेछन् राजस्थानको सुरुवाती तीन खेलको कप्तानी प्रधानमन्त्रीसँग मल्दोभाका उपप्रधानमन्त्रीको शिष्टाचार भेट असोजमा विपदबाट भएको क्षति आँकलन तत्काल अघि बढ्छः गृहमन्त्री लेखक पश्चिम नेपालमा स्थायी आवास निर्माण कार्य तिब्र पारेका छौँः गृहमन्त्री पूर्वराजाले ‘श्री ५ महाराजधिराज’ शब्द र शाही निशान छाप प्रयोग गरेको भन्दै सांसद खतिवडाको आपत्ति मधेसका महिलाहरुलाई अवसर दिन जरुरीः उपसभामुख राना १८ औं संस्करणको आईपीएलमा नयाँ के छ ? खेलाडी हुनेछन् मालामाल दलित समुदायमाथि भइरहेका विभेदका घटना तत्काल बन्द गरी दोषीलाई कारबाही गर्न ध्यानाकर्षण गौर हत्याकाण्डका दोषीलाई कारबाही र पीडितलाई न्याय दिन आजपाद्वारा सरकारको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी



फाईल फोटो
अ+ अ-

गलकोट । जिल्ला कारागार बागलुङमा क्षमता दोब्बर कैदीबन्दी राखिएको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा विभिन्न समस्या निम्तिएका छन् ।

कारागारको क्षमता ५० पुरुष र २५ महिला अटाउने रहेकामा हाल एक सय ६६ कैदीबन्दी राखिएको छ । कारागारमा हाल एक सय ५४ पुरुष कैदीबन्दी, १० महिला कैदीबन्दी र दुई नाबालिका रहेका छन् । कारागारमा ठाउँ अभावले महिलाभन्दा पुरुष कैदीबन्दीलाई बढी समस्या भएको जिल्ला कारागार बागलुङ कार्यालय प्रमुख डिलबहादुर केसीले जानकारी दिनुभयो ।

“पुरुष कैदीबन्दीलाई सुत्न समस्या भएको छ”, उहाँले भन्नुभयो । उनीहरु ठाउँ अभावले कोचाकोच गरेर सुत्न बाध्य छन् । महिला कैदीबन्दीलाई भने हाल समस्या छैन । कारागारमा खानेपानीको समस्या समाधानका लागि खानेपानी आयोजना अघि बढाइएको केसीले बताउनुभयो । तित्याङबाट यहाँ खानेपानी ल्याइँदै छ । यसका लागि रु २० लाख बजेट स्वीकृत भएको छ ।

बागलुङ नगरपालिका–९ तित्याङस्थित रिठेखोलाको पानी बागलुङ कारागारमा ल्याउन सरसफाइ तथा खानेपानी डिभिजन कार्यालयले काम गरिरहेको छ । असार मसान्तभित्र कारागारमा मूलको पानी पुग्ने केसीले बताउनुभयो । खानेपानी अभाव हुँदा कैदीबन्दीलाई सरसफाइ गर्न समस्या थियो । रासस