२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यसम्पादन समितिको बैठक बस्दै राप्रपा



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बिहान साढे ११ बजेबाट बैठक बस्ने गरी बोलाएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, हालै सम्पन्न केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयन र सांगठानिक गतिविधिलगायतका बिषयमा छलफल हुने बताएको छ ।