• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo

साफ च्याम्पियनसीपका लागि नेपाली फुटबल टीमको घोषणा



फाईल फोटो

काठमाडौं । आगामी महिना भारतको बेङ्लोरमा आयोजना हुने पुरूष साफ च्याम्पियनसीपका लागि नेपाली फुटबल टीमको घोषणा भएको छ ।

बिहीबार मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वर्टो अनिसले च्याम्पियनसीपका लागि २३ सदस्यीय अन्तिम टोलीको घोषणाा गरेका हुन् ।

टोलीमा फर्वाड विमल घर्ती मगरले पुनरागमन गरेका छन् । विमलसँगै तीन नयाँ अनुहार पनि टिममा समेटिएका छन् । भिन्सेन्जोले मिडफिल्डर बिमल पाण्डे, सिमन्त थापा र लाकेन लिम्बूलाई पहिलो पटक टीममा राखेका छन्

साफ खेल्ने नेपाली टीम:

गोलकिपर: किरण कुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की

मिडफिल्डर: पुजन उपरकोटी, एरिक बिष्ट, नवीन लामा, मणि कुमार लामा, लाकेन लिम्बू, आभाष लामिछाने

डिफेन्डर: बिमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द, सिमन्त थापा

फर्वाड: दीपकराज सिंह ठकुर, आयुष घलान, नवयूग श्रेष्ठ, अन्जन विष्ट, आषिस चौधरी, मनिष डाँगी, बिमल घर्ती मगर