• २३ जेष्ठ २०८१, बुधबार
  •      Wed Jun 5 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः दावेदार भारतले आयरल्याण्डको सामना गर्दै ★   सन्दिप लामिछानेको वास्तविकताबारे सदनलाई जानकारी गराउन माग ★   मधेशका मुख्यमन्त्रीले २८ जेठमा विश्वासको मत लिने ★   चाबहिलमा एक पुरुषले पेट्रोल छर्किएर आफू, श्रीमती र ३ छोरीलाई आगो लगाए ★   पोखरामा प्रधानमन्त्रीलाई कालोझण्डा ★   सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको पहिलो बैठक बस्दै ★   ओमानका कप्तानले दिए अस्ट्रेलियालाई चुनौती – हल्कामा नलिउ ★   विश्व वातावरण दिवस: वातावरणीय सुधारका अधुरा वाचा ★   अन्नपूर्ण–धवलागिरि पदमार्गको घोप्टेखोलामा झोलुङ्गे पुल ★   केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल बनाएर आय आर्जन

नेपालमा भ्रष्टाचार नगर्ने मानिस पाउन मुस्किल छ: बाबुराम भट्टराई



फाईल फोटो

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा भ्रष्टाचार नगर्ने मासिन पाउन मुस्किल भएको बताउनुभएको छ ।

बिहीवार भक्तपुरमा पार्टीको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले संघर्ष गरेर ल्याएको उपलब्धिको रक्षा गर्दै नेपाललाई छोटो अवधिमा समतामुलक समृद्धिको दिशामा लैजान आवश्यक रहेको बताउनु भयो । उहाँले न्यायपूर्ण समाज निर्माणको लक्ष्यसहित नेपाल समाजवादी पार्टी बनेको भन्दै आफ्नो पार्टीले निकट भविष्यमा नै अन्य पार्टी भन्दा फरक पहिचान स्थापित गर्ने बताउनु भयो । उहाँले देशमा भ्रष्टाचारको अन्त्य गरी नेपाललाई बदल्न संकल्पसहित अघि बढ्नुपर्ने खाँचो रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले संघर्ष गरेर ल्याएको उपलब्धिको रक्षा गर्दै नेपाललाई छोटो अवधिमा समतामुलक समृद्धिको दिशामा लैजाने एउटा न्यायपूर्ण समाज निर्माणको लक्ष्यसहित बनेको हाम्रो पार्टी हो । देशमा चरम भ्रष्टाचारको जुन विकृति छ, अहिले त भ्रष्टाचार नगर्ने मान्छे कोही छ भनेर खोज्नुपर्ने समय आएको छ । यस्तो ठूलो संक्रामक रोगबाट हामी गुज्रेका छौँ । त्यसको अन्त्य गरी देशमा सुशासन दिने र हाम्रै कार्यकालमा सबैको निम्ति समृद्धिको लक्ष्य प्राप्त गर्नुपर्नेछ । हामी नेपाललाई बदल्न संकल्पसहित हिँडेका अगुवाहरुको यो पार्टी हो । पुराना र नयाँ भुल्काका रुपमा उदाइरहेका शक्तिहरु भन्दा फरक नेपाल समाजवादी पार्टी हो भन्नेकुरा यहाँ राख्नेछौँ ।’

अध्यक्ष भट्टराईले पार्टीको मुख्य कार्यदिशा भनेको राजनीीतक कार्यदिशा भएको बताउनु भयो ।