१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय जनगणना २०७८: मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग



अ+ अ-

काठमाडौं । नेपाल मुस्लिम संघले राष्ट्रिय जनगणना २०७८को तथ्थाङ्क सच्चाउन माग गरेको छ ।

संघका कार्यवहाक सभापति अतावुल मत्सुरीले राष्ट्रिय तथ्थाङक कार्यलयलाई ध्यानकर्षण गराउदै तथ्थाङ्क सच्चाउन माग गर्नुभएको हो ।

राष्ट्रिय तथ्थाङक कार्यलयले राट्रिय जनगणना २०७८ मा इस्लाम ५ .०९ र मुसलमान ४.८६ रहेको तथ्थाङ्क रहेको सार्वजनिक गरेको थियो । संघले मुसलमान र इस्लाम एउटै जात रहेको भन्दै सच्चाउन माग गरेको हो ।

संघका पूर्व अध्यक्ष एबं नेपाली काग्रेसका केन्द्रिय सदस्य अब्दुल सत्तारले मुस्लिम समुदायको संख्या कुल जनसंख्याको करिब १० प्रतिशत रहेको तथ्थाङ्क भएपनि नियतबस इस्लाम र मुस्लिमलाई अलग पारिएको बताउनुभयो ।

उहाँले भन्नुभयो “इस्लाम र मुस्लिम एउटै हो तर यो समुदायलाई कम देखाउन बिभाजन गरिएको छ यो गम्भिर षडयन्त्र हो ।” उहाँले भन्नुभयो ‘यो तथ्थाङ्कलाई आधार मानेर राज्यले बनाउने नीति नियममा बढी जनसंख्या भएको समुदायलाई फेरी पछाडी धकल्ने प्रयास भयो ।’

गत जेठ १९ गते राष्ट्रिय तथ्यांक कार्यालयले नेपालको जातजाति, भाषा तथा धर्मसम्बन्धी तथ्यांकीय नतिजा सार्वजनिक गरेको थियो ।