३ पुष २०८२, बिहीबार
,
Latest
नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी पदाधिकारीमा हारेका गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय जनगणना २०७८: मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग



अ+ अ-

काठमाडौं । नेपाल मुस्लिम संघले राष्ट्रिय जनगणना २०७८को तथ्थाङ्क सच्चाउन माग गरेको छ ।

संघका कार्यवहाक सभापति अतावुल मत्सुरीले राष्ट्रिय तथ्थाङक कार्यलयलाई ध्यानकर्षण गराउदै तथ्थाङ्क सच्चाउन माग गर्नुभएको हो ।

राष्ट्रिय तथ्थाङक कार्यलयले राट्रिय जनगणना २०७८ मा इस्लाम ५ .०९ र मुसलमान ४.८६ रहेको तथ्थाङ्क रहेको सार्वजनिक गरेको थियो । संघले मुसलमान र इस्लाम एउटै जात रहेको भन्दै सच्चाउन माग गरेको हो ।

संघका पूर्व अध्यक्ष एबं नेपाली काग्रेसका केन्द्रिय सदस्य अब्दुल सत्तारले मुस्लिम समुदायको संख्या कुल जनसंख्याको करिब १० प्रतिशत रहेको तथ्थाङ्क भएपनि नियतबस इस्लाम र मुस्लिमलाई अलग पारिएको बताउनुभयो ।

उहाँले भन्नुभयो “इस्लाम र मुस्लिम एउटै हो तर यो समुदायलाई कम देखाउन बिभाजन गरिएको छ यो गम्भिर षडयन्त्र हो ।” उहाँले भन्नुभयो ‘यो तथ्थाङ्कलाई आधार मानेर राज्यले बनाउने नीति नियममा बढी जनसंख्या भएको समुदायलाई फेरी पछाडी धकल्ने प्रयास भयो ।’

गत जेठ १९ गते राष्ट्रिय तथ्यांक कार्यालयले नेपालको जातजाति, भाषा तथा धर्मसम्बन्धी तथ्यांकीय नतिजा सार्वजनिक गरेको थियो ।