९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

अव्यवस्थित सडक विस्तारले कुरुप बन्दै बागलुङका ग्रामीण क्षेत्र

अव्यवस्थित सडक विस्तारले कुरुप बन्दै बागलुङका ग्रामीण क्षेत्र
अ अ+ अ-

ढोरपाटन । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्र मोटरबाटोले जोडिएका थिएनन् । बजारबाट सामान ओसारपसार गर्न घोडा, खच्चड र भरियाको प्रयोग गरिन्थ्यो । टाढाको यात्रा पनि हिँडेरै पार गर्नुपर्ने बाध्यता थियो ।

स्थानीय सरकारको स्थापनापछि सडक सञ्जाल विस्तार पहिलो प्राथमिकतामा पर्ने गरेको छ । अहिले दूरदराजका गाउँ तथा बस्ती–बस्तीमा सडक पुगेको छ । सडकले ग्रामीण जनजीवनमा आएको परिवर्तनसँगै विनाशको जोखिम पनि बढे्को स्थानीय बताउँछन् ।

हिउँदको समयमा धमाधम सडक निर्माण हुन्छन् । बर्खाको समय ती सडकमा ठूलाठूला पहिरो जाँदा मानवीय क्षतिका साथै भौतिक सम्पत्तिको ठूलो क्षति हुने गरेको छ । गाउँमा बनाइने सडक विस्तृत आयोजना प्रतिवेदन(डिपिआए) विना नै निर्माण गरिने भएकाले यसरी निर्माण भएका सडकले गाउँको सुन्दरता घटाएको निसीखोलाका स्थानीय तिलबहादुर पुनमगरले बताउनुभयो । “बिना इञ्जिनियरिङ धमाधम निर्माण भएका सडकले गाउँको सुन्दरता घटाएको छ भने पर्यावरणमा पनि नकरात्मक असर पुर्‍याइरहेको छ”, उहाँले भन्नुभयो ।

सडकका कारण पछिल्लो समय पानीका मुहान सुक्ने, मौलिक सम्पदा मासिनुका साथै कतिपयलाई घरबारविहीन बनाएको पुनमगरको भनाइ थियो । “जिल्लाको १० वटै पालिकामा हरेक वर्ष सडक निर्माणमा करोडौँ बजेट खर्च हुन्छन् तर सडक गुणस्तरीय नहुँदा यातायातका साधन चल्दैनन् । गाडी नगुड्दा स्थानीय पहिलेकै जस्तै पैदल यात्रा गर्नुपर्छ भने दैनिक उपभोग्य सामान पनि बोकेरै ल्याउनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।

पुनमगरका अनुसार सडक बाह्रै महिना चल्नुपर्ने भन्दै वर्षमा एकपटक पनि गाडी नगुड्ने माटोरबाटो जिल्लामा थुप्रै छन् । गाउँपालिका तथा नगरपालिकाबाट बजेट पारेर निर्माण भएका धेरै सडक अहिले प्रयोगमा नआएको उहाँले बताउनुभयो । उहाँले गाउँपालिकाले करोडौँ बजेट विनियोजन गरेर गाउँमा सडक खने पनि गाडी भने नचल्दा आफूहरुले सास्ती खेप्नुपरेको बताउनुभयो । उपभोक्ता समितिमार्फत निर्माण भएका धेरै सडक बिना नापजाँच खनिएको हुँदा गाडी गुड्ने खालको नभएको पुनको गुनासो छ ।

“आजभन्दा पाँच वर्ष अगाडि कुनै पनि गाउँमा सडक पुगेको थिएन । अहिले सडक नपुगेको गाउँनै छैन । सडक पुगे पनि धेरै ठाउँमा गाडी चल्दैनन्, दुईरचार घर भएका ठाउँमा पनि सडक पुगेका छन्”, उहाँले भन्नुभयो, “सडकको स्तरीय निकै कमजोर छन्, साँघुरा र जोखिमयुक्त सडकका कारण गाडी चल्दैनन्, गाउँको तल्लो क्षेत्रसम्म गाडी आए पनि अलि माथिल्लो क्षेत्रमा पुग्दैनन् ।” पुनमगरले गाउँमा सडक आउनु राम्रो भए पनि जथाभावीरुपमा बनाइएका सडकले गाउँको सुन्दरता बिगारेको बताउनुभयो । जथाभावी खनिएका सडकले खेतीयोग्य जमिन मास्ने र बजेट सक्ने काम मात्र गरेको उहाँको भनाइ थियो ।

पुनमगरले सडकले पहिलेको तुलनामा आवागमनमा केही सहज भने बनाएको बताउनुभयो । पहिले बजारदेखि नुन, चामललगायत दैनिक उपभोग्य सामान ल्याउन घन्टौँ लाग्ने गरेकामा अहिले १५/२० मिनेट बोकेर ल्याउन सकिने उहाँको भनाइ थियो । सडकलाई गुणस्तरीय बनाएर सबै ठाउँमा गाडी सञ्चालन गर्न सके गाउँको विकासमा टेवा पुग्ने पुनमगरले बताउनुभयो ।

ढोरपाटन नगरपालिका–९ का तिलबहादुर सुनारले सडकले गाउँलेको दैनिकी नै बदलिएको बताउनुभयो । उहाँले गाउँ सडक सञ्जालमा जोडिनुपूर्व दैनिकी कष्टकर भएको सुनाउँदै अहिले धेरै सहज भएको बताउनुभयो । सडकका कारण बजारको सेवासुविधा गाउँमा आएको सुनारको भनाइ छ ।

सडकले विकाससँगै गाउँमा ठूलो विनास पनि निम्त्याएको उहाँले बताउनुभयो । अव्यवस्थितरुपमा निर्माण भएका सडकमा हिउँदमा गाडी गुडे पनि बर्खाको समय ठप्प हुने र पहिरोले बस्ती बगाउने गरेको सुनारले बताउनुभयो ।

“सडक आवश्यकताभन्दा बढी खनिए, त्यसले गर्दा सडकभन्दा तल पट्टीका धेरै बस्ती बाढी र पहिरोको जोखिममा छन् । स्थानीय बर्खामा घर छाडेर भाग्नुपर्ने अवस्था छ, पहिले गाउँ निकै राम्रो थियो, खेतीयोग्य जमिन हराबरा थिए, अहिले सडकले गर्दा उराठिलो बनेका छन्”, उहाँले भन्नुभयो, “तीनरचार वर्ष अगाडि निर्माण भएका सडकमा अझै नाली बनाइएका छैनन् । बर्खाको पानीले सडक क्षत्विक्षत बनाउने र पहिरो जाने समस्या नित्याएको छ ।”

जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले अव्यवस्थितरुपमा निर्माण भएका सडकले गाउँको सुन्दरतामा दाग लागेको बताउनुभयो । स्थानीय पालिकाले सुरुका वर्षदेखि सडक निर्माणमा ठूलो लगानी गरे पनि व्यवस्थित गराउन नसकेको उहाँको भनाइ छ । अहिले सबै पालिकालाई सडक निर्माण गर्दा डिपिआर तयार गरेर मात्रै निर्माण गर्न आग्रह गरेको प्रमुख थापाले बताउनुभयो । अतिआवश्यक स्थानमा बाहेक अन्य ठाउँमा सडक निर्माण नगर्न पालिकालाई उहाँले सुझाव दिनुभयो ।

“सडक विकासको मुख्य आधार भएकाले सडक विस्तार आवश्यक छ । केही समय अगाडि जथाभावी निर्माण भएका सडकका कारण गाउँ कुरुप बनेका छन्, अब सडकलाई व्यवस्थित गर्न सकिएन भने वातावरणमा ठूलो असर पुग्ने देखिन्छ”, प्रमुख थापाले भन्नुभयो, “हामीले सबै पालिकालाई सडक निर्माण गर्दा डिपिआर तयार गरेर काम गर्न आग्रह गरेका छौँ । गाउँको सुन्दरता, भौगोलिक अवस्था बुझेर मात्रै बाटो खन्न भनेका छौँ ।”

बागलुङमा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको करिब एक सय ४२ किलोमिटर खण्ड पर्छ । यस खण्डको अधिकांश भागमा ग्रामीण सडकले असर पुर्‍याएको छ । हिउँदमा निर्माण भएका ग्रामीण सडकबाट बर्खामा भल र लेदोसहित आउने माटोले कालोपत्र भएको लोकमार्गलाई क्षति गर्ने गरेको छ भने सडकभन्दा तलका धेरै बस्ती विस्थापित भएका छन् । रासस