• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने ★   बेलायतमा नेपाली कन्सर्ट हुँदै ★   आमिर खानले छिट्टै शाहरुख–सलमानसँग फिल्म गर्ने ★   दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य हो: उपप्रमुख डंगोल ★   अष्पष्ट दृष्टिकोण र निराशाजनक भाष्यबीच अस्तव्यस्त कृषि ★   दक्षिणी चीनमा राजमार्ग भासिँदा कम्तीमा १९ जनाको मृत्यु, दर्जनौं घाइते

प्रचण्डपथ देशद्रोही र अपराधी पथ हो, एमालेले तयारीका साथ दनक दिनुपर्ने बेला आएको छ– ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पहिचानवादीहरुलाई प्रोत्साहीत गरी एमालेमाथि आक्रमण गराइरहेको आरोप लगाउनुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी एमालेमा समाहित भएका मुकुन्द न्यौपानेसहितका नेता, कार्यकर्तालाई स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला गरिरहेको बताउनु भयो । उहाँले कोशी प्रदेशमा सत्ता संरक्षित अपराधिक घटनाहरु भइरहेको दाबी गर्नुभयो । उहाँले पहिचानवादीका नाममा सत्तापक्ष नै मुठेड गराउन लागिपरेको भन्दै अब नेकपा एमाले प्रतिवादमा उत्रिने बताउनु भयो । उहाँले एमालेले पहिचानका नाममा भइरहेका अपराधिक क्रियाकलापको सामना गर्न नडराउने बताउनु भयो ।

अध्यक्ष ओलीले नेपाललाई जातिजातिका नाममा दंगाफसाद गराउने षड्यन्त्रबाट प्रधानमन्त्री पुष्पकमल दाहालले देशभर पहिचानको विष फैल्याउने कोशिस गरेपनि सफल नबनेको बताउनु भयो । पहिचानवादको संरक्षक पुष्पकमलवादीहरु भएको भन्दै प्रचण्डपथ देशद्रोही र अपराधी पथ भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले पहिचानवादीका नाममा विभिन्न ठाउँमा हमला भइरहेको छ । सरकार केही गर्दैन । प्रहरीलाई टाउको फुटेपनि केही नगर्नु भनेको छ । पहिचानका नाममा एउटै मानिसहरु बाइक लिएर पुग्ने गरेका छन् हरेक ठाउँमा । कार्यक्रम गर्न नपाउने, केपी ओली निषेध, एमाले निषेध के के निषेध, अहिले प्रदेश नम्बर १ मा सत्ता संरक्षित, अपराधिक घटनाहरु भइरहेका छन्, आफैँले आफ्नै मान्छे मारे शुरुमै । हामीमाथि हमला भयो, कहिले बन्द भनेके छ, कहिले तोडफोड, कहिले अनेक छ । आजमात्रै केन्द्रिय सदस्य तथा प्रदेश सभा सदस्य राम रानालाई मोबिल छर्किएर आगो लगाउन खोजियो, भनेपछि कहाँसम्मको हत्या प्रयास भइरहेको छ पहिचानका नाममा ।

यसमा हाम्रो पार्टी किञ्चित, डराउँदैन, झुक्दैन नो कम्परमाइज । नेपाललाई जातिजातिका नाममा दंगाफसाद गराउने, यो किराँत प्रदेश राख्न खोजेको किन रहेछ भने हामीले देख्दैछौँ नि । नराख्दा यस्तो छ, राख्ने भए के हुन्थ्यो । गैर किराँत त बस्न पनि नपाउने अवस्था बन्ने रहेछ नि त । प्रचण्डले सकेन यो विषको आगो फैल्याउन, प्रचण्डले खोजेको हो, देशभर विषको आगो फैल्याउन, पहिचानको राजनीति ल्याउन, जात जातका राज्य, यो कोशिष गरेको हो । भड्काउन, बिथोल्न खोजेको हो ।

प्रचण्डहरुको यसमा प्रत्यक्ष संलग्नता देखियो, नाम राख्ने, अलि पछि गल्ती भयो भन्ने पुन:विचार गर्नुपर्छ भन्ने र त्यता मान्छे भड्काउने । प्रचण्ड भनेको एक छिनमा पहिचानवादी, एक छिनमा राष्ट्रियतावादी हो । एकछिनमा फाटोवादी, एकछिनमा तमासा । अब नेकपा एमालेले तयारीका साथ दनक दिनुपर्ने बेला आएको छ । सरकारले यो गराइरहेको छ भने एमाले चुप लागेर बस्न सक्दैन । हाम्रो कार्यकर्ताको रक्षा आफैँले गर्नुपर्छ भने, गुण्डाहरु न नियन्त्रण गर्छ, न समात्छ, प्रोत्साहीत गरेको छ प्रचण्ड सरकारले । अब जवाफ दिनुपर्ने बेला आइसकेको छ । पहिचानवादको संरक्षक यो पुष्पकमलवादीहरु प्रचण्डपथ हो । प्रचण्डपथ अझै गएको छैन । यो देशद्रोही र अपराधी पथ हो ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले कोशी प्रदेशको नाम आफैँ सहमतिका साथ राखेर देशमा आन्दोलन भड्काउन फेरि पहिचानवादीको पक्ष लिइरहेको बताउनु भयो ।