२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नर्भिक अस्पतालमा फ्रि न्यूरो क्याम्प हुने



अ+ अ-

काठमाडौं । वरिष्ठ स्नायू रोग विशेषज्ञ डा. राजीव झा नेतृत्वको टिमले थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार नि:शुल्क ओपिडी सञ्चालन गर्ने भएको छ ।

नर्भिकमा पनि कार्यरत डा. झा नेतृत्वको टिमले आगामी शनिवार(जेठ २७ गते) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म नि:शुल्क ओपिडी(न्यूरो क्याम्प) सञ्चालन गर्ने भएको हो ।

नेपालीहरुमा पछिल्लो समय ब्रेन ट्यूमरको समस्या बढ्दो छ । यसैलाई मध्यनजर गरी ‘वल्र्ड ट्यूमर डे’को अवसर पारी डा. झाले नि:शुल्क ओपिडी सेवा दिन लागेका हुन् । उनले सो क्रममा ब्रेन ट्यूमरका केशहरुमा फोकस रहेर बिरामीहरुको चेकजाँच गर्ने नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ ।

नर्भिक इन्टरनेशनल हस्पिटलले विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व(सीएसआर) अन्तर्गत विभिन्न रोगका विशेषज्ञहरुको सहभागितामा नि:शुल्क ओपिडी सञ्चालन गर्दै आइरहेको छ । यो क्रममा सर्वसाधारणहरुको सहभागिता समेत उल्लेख्य हुने गरेको छ ।