• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता ★   संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई ★   भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट ★   प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित

नेपालले पनि ‘ग्रेटर नेपाल’को नक्सा बनाउँछ– गगन थापा



फाईल फोटो

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि ‘ग्रेटर नेपाल’ को नक्सा बनाउन सक्ने बताउनुभएको छ ।

बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले भारतको संसद् भवनमा राखिएको नक्सालाई सांस्कृतिक मात्र मान्ने हो भने नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउँदा भारतले सहजतापूर्वक स्वीकार गर्नुपर्ने बताउनुभयो ।

उहाँले लिम्पियाधुरा लिपुलेक नेपालको भूमि भएको र यो भारतले फिर्ता गर्नुपर्ने उल्लेख गर्दै भन्नुभयो, “लिम्पियाधुरा लिपुलेकमाथि नेपालको हक अधिकार कसैले खोसेर लैजान सक्दैन, यसका निम्ति कुनै विकल्पबारे नेपालले सोच्दैन, सोच्नु पनि हुन्न ।”

भूपरिवेष्ठित देश भएकाले बंगलादेशसम्म बाटो पाउनु पनि नेपालको अधिकार भएको महामन्त्री थापाको भनाइ थियो । सीमा विवादबारे छलफल गर्दै जाँदा भोलि समयले कहाँ पुर्‍याउँछ भनेर अनुमान गर्ने र त्यसका आधारमा पोजिसन बनाउन जरुरी नभएको उहाँले बताउनुभयो ।

महामन्त्री थापाले अघि भन्नुभयो, “लिम्पियाधुरा लिपुलेक हाम्रो भूमि हो, भारतले फिर्ता गर्नुपर्छ भन्ने पार्टीको धारणा हो ।”

कुनै बेलामा नेपालको सीमा पनि धेरै बदलिएको भन्दै महामन्त्री थापाले भन्नुभयो, “यदि कुनै देशले मेरो यथार्थ नक्सा फरक छ, सांस्कृतिक नक्सा फरक छ भन्ने विचार राख्छ भने नेपालको पनि यथार्थ नक्सा यो छ, सांस्कृतिक नक्सा योभन्दा विशाल छ भन्ने हक प्रयोग गर्छ ।” त्यस्तो बेला भारतले पनि सहजतापूर्वक लिनुपर्ने उहाँको भनाइ थियो ।