१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर नीतिको सशक्त ढंगले विरोध गर्ने सांसद श्रेष्ठको चेतावनी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारले बजेटमार्फत् ल्याएको कर नीतिको सशक्त ढंगले विरोध गर्ने बताउनु भएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले गरिवलाई झन गरिव बनाउने गरी सरकारले कर नीति ल्याएको जिकीर गर्दै त्यसको विरोधमा आफूहरुले संसद बैठक समेत अवरुद्ध गर्न सक्ने चेतावनी समेत दिनु भयो । सांसद श्रेष्ठले दैनिक उपभोग्य खाद्यन्नमा समेत सरकारले १३ प्रतिशत कर लिने नीति लिएकोमा आपत्ति जनाउँदै सो नीति स्विकार्य नहुने बताउनु भयो । उहाँले गरिव किसानलाई राहत दिने कार्यक्रम बजेटमा के छ ?भनि अर्थमन्त्री डा. प्रकाशशरण महतलाई प्रश्न समेत गर्नु भयो ।

सांसद श्रेष्ठले भन्नु भयो, ‘गरिवलाई कर थोपर्ने काम भयो । करको नियम कस्तो बनाएका छौं भने गरिव झन गरिव बनाउने, अनि कुपोषण निवारणको ठूल्ठूला कुरा गर्ने ? गरिवहरुको कथा सुनाउने दातृ संस्थाहरुलाई । गरिवलाई यसमा लेखिएको करले कसरी सहुलियत दिन्छ भनेर प्रक्षेपण देखाउनुस । अव त कस्तो भयो भने आफूले टार्गेट गरेको कर उठेन भने अव त अर्को वर्ष तपाईले सासमा पनि कर लगाउनु हुन्छ । हरेक सासको कति मोल लिनुहुन्छ ? यो सदन पटकपटक राजनीतिक हिसावले रोकिएको छ । जनताको लागि अव हामी रोक्छौं । यस्तो गरिवहरुलाई बढि गरिव बनाउने कर स्विकार्य छैन । यसको विरोध गर्छौ ।’

सांसद श्रेष्ठले गरिवीलाई देखाएर दातृ निकायबाट बजेट ल्याउने र उनीहरुलाई मारमा पार्ने काम हुनै नसक्ने बताउनु भयो ।