• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo

महिला तथा सामाजिक मामिला समिति सदस्यमा बिन्दवासिनी कंसाकार



फाईल फोटो

काठमाडौँ । प्रतिनिधिसभामा सदस्य बिन्दवासिनी कंसाकार महिला तथा सामाजिक मामिला समितिमा मनोनीत हुनुभएको छ । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सदस्यका रुपमा सांसद बन्नुभएको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७७ बमोजिम सभामुख देवराज घिमिरेले सांसद कंसाकारलाई समिति सदस्यमा मनोनयनका लागि प्रस्ताव गर्नुभएकोमा बैठकले सहमति जनाएको हो ।