५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भए बेन्जेमा



अ+ अ-

एजेन्सी । फ्रान्सेली फरवार्ड करिम बेन्जेमा साउदी अरबको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् ।

३५ वर्षीय बेन्जेमाले स्पेनिस क्लब रियल मड्रिडबाट बाहिरिएलगत्तै इतिहादमा भित्रिएका हुन् । उनले क्लबसँग तीन वर्षको सम्झौता गरेका छन् । उनले १४ वर्षपछि रियल छाडेका थिए ।

बालोन डीओर विजेता बेन्जेमा सन् २००९ मा लियोनबाट रियल आएका थिए । बेन्जेमाले रियलबाट पाँच च्याम्पियन्स लिग र चार ला लिगा उपाधि जितेका छन् ।

उनले रियलका लागि ३ सय ५४ गोल गरेका छन् । उनी क्रिस्टियानो रोनाल्डोपछि रियलको दोस्रो सर्वाधिक गोलकर्ता पनि हुन् ।

रोनाल्डो अर्को साउदी क्लब अल–नासरबाट खेल्छन् । रियलका पूर्वखेलाडीद्वय अब भने एक–अर्काका प्रतीद्वन्द्वी हुने भएका छन् ।

यसैबीच, अर्जेन्टिनी खेलाडी लियोनल मेसी पनि साउदी क्लबमा अनुबन्ध हुन सक्ने चर्चा छ । उनको पेरिस सेन्ट जर्मेन (पिएसजी)सँगको सम्झौता सकिसकेको छ भने गत शनिबार क्लबका लागि अन्तिम खेल खेलेका थिए ।