२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिर महको आम्दानीबाट शिक्षकलाई तलब



अ+ अ-

म्याग्दी । शिक्षकको तलबका लागि भिरमौरी सहयोगी भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ८ कुइने मंगलेमा भिरमह बेचेर प्राप्त भएको आम्दानीले विद्यालयका शिक्षकलाई तलब दिने गरिएको छ ।

वडा कार्यालयले भिरमहको सिकार गर्न ठेक्का लगाउँछ । यस वर्ष भिरमहको सिकार गर्न गाउँका तीनजनाले वडाभरको भिरमा रहेका माहुरीको घारबाट मह संकलन गर्ने ठेक्का पाएका छन् । भिरमह ठेक्का लगाएर प्राप्त भएको आम्दानी स्थानीय एक विद्यालयमा कार्यरत शिक्षकहरुको तलबमा खर्चिने गरिएको छ ।

भिरमहको सिकारबाट प्राप्त भएको आम्दानीले गाउँमा रहेको रितुङ माध्यमिक विद्यालयमा कार्यरत चार जना शिक्षकको पारिश्रमिक वापतको रकम भुक्तानि गर्ने गरिएको वडा सदस्य अगेन्द्र छन्त्यालले बताउनुभयो ।

उहाँले भन्नुभयो, वडा कार्यालयको संयोजनमा भिरमहको ठेक्का लगाएर प्राप्त भएको रकम विद्यालयमा रहेका निजी स्रोतका शिक्षकलाई तलब दिने गरेका छौँ । शिक्षकलाई तलब दिने अन्य आम्दानी नभएपछि विगत पाँच वर्षदेखि भिरमहलाई स्कुलको आम्दानीकोस्रोतमा लिने गरेका छौँ ।

उहाँले अघिल्ला वर्षहरुमा ८ देखि १० लाख रुपैयाँसम्म आम्दानी हुने गरेकोमा यसपाली तीन लाख रुपैयाँमा ठेक्का लगाएका छौँ भन्दै पछिल्लो समय भिरमहको सिकार गर्ने सिकारीहरुको अभाव हुन थालेपछि रकम पनि घटेको बताउनुभयो ।

कठिन भिरपहरामा भिरमाहुरीको सिकार गरेर संकलन गरिएको मह बेचेर गाउँका युवाले राम्रो आम्दानी गर्ने गरेको स्थानीय युवा अंकित पुनले बताउनुभयो । उहाँका अनुसार भिरमह प्रतिलिटर दुई हजार रुपैयाँमा बिक्री हुने गरेको छ । भिरपहराबाट महको सिकार गर्नु निकै सहासिलो काम मानिन्छ ।

अचेल नयाँ पुस्ताले चासो नदिएपछि यो परम्परा हराउँदै गएको छ । पाका पुस्ताबाट केही युवाले भिरमहको सिकार गर्ने सिप सिकेकाले अहिले पनि गाउँघरमा मह सिकार गर्ने प्रचलन जीवित रहेको वडा सदस्य छन्त्यालले बताउनुभयो ।
पुख्र्यौली पेसालाई निरन्ता दिनुका साथै भिरमह बिक्री गरेर आम्दानी हुने भएकाले विगत केही वर्र्षदेखि मह सिकार गर्दै आएको स्थानीय चित्र छन्त्यालले बताउनुभयो । चित्रसहित गाउँका निरप्रसाद छन्त्याल र टेकबहादुर विकले दुई वर्षका लागि वडाबाट भिरमहको सिकार गर्न ठेक्का लिनुभएको छ ।

भिरमहको सिकार गर्ने काम अत्यन्तै जोखिमपूर्ण हुन्छ, निरप्रसादले भन्नुभयो, ज्यान हत्केलामा राखेर मह सिकार गर्नुपर्छ, कतिबेला के हुन्छ थाहा हुँदैन । अग्ला भिरमा डोरीमा झुण्डिएर मह काड्ने गरिन्छ । यो अति नै जोखिमपूर्ण काम हो । म्याग्दीमा पुख्र्यौली पेसाका रुपमा जिल्लाका दुर्गम गुर्जा, मल्कवाङ, लुलाङ, निस्कोट, कुइने मंगले, चिमोलला, शिंख, हिस्तनालगायतका जंगलमा भिरमाहुरीको मह सिकार गर्ने प्रचलन छ । वैशाखको अन्तिमदेखि असारसम्म एक महिना मह सिकार गर्ने गरिन्छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।




भर्खरै