• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   भारतले रोक्यो नेपाली चियाको निर्यात ★   ब्रम्हलुट र मनपरितन्त्रको अन्त्य चाहने हो भने ईलामेलि जनताले राप्रपा नेपाललाई रोज्नुपर्छ:- महामन्त्री बर्तौला ★   बालेनको कारबाही: राप्रपालाई ५ हजार २२२ रुपैयाँ जरिवाना ★   काठमाडौं महानगरमा निःशुल्क उपचार सेवा, कस्ताले पाउछन् याे सेवा ★   कोशी प्रदेश सभा: विश्वासको मत लिन सभामुखको निर्देशन ★   अवैध औषधि बेच्ने दुई मेडिकल बन्द ★   एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा ★   अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ– महान्यायाधिवक्ता ★   फास्ट ट्रयाक तोकिएकै समयमा बनिसक्छ, हालसम्म लागत बढेको छैनः प्रधान सेनापति शर्मा ★   काठमाडौँ–तराई–मधेश द्रूतमार्गको भौतिक प्रगति ३३ प्रतिशत

भिर महको आम्दानीबाट शिक्षकलाई तलब



म्याग्दी । शिक्षकको तलबका लागि भिरमौरी सहयोगी भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ८ कुइने मंगलेमा भिरमह बेचेर प्राप्त भएको आम्दानीले विद्यालयका शिक्षकलाई तलब दिने गरिएको छ ।

वडा कार्यालयले भिरमहको सिकार गर्न ठेक्का लगाउँछ । यस वर्ष भिरमहको सिकार गर्न गाउँका तीनजनाले वडाभरको भिरमा रहेका माहुरीको घारबाट मह संकलन गर्ने ठेक्का पाएका छन् । भिरमह ठेक्का लगाएर प्राप्त भएको आम्दानी स्थानीय एक विद्यालयमा कार्यरत शिक्षकहरुको तलबमा खर्चिने गरिएको छ ।

भिरमहको सिकारबाट प्राप्त भएको आम्दानीले गाउँमा रहेको रितुङ माध्यमिक विद्यालयमा कार्यरत चार जना शिक्षकको पारिश्रमिक वापतको रकम भुक्तानि गर्ने गरिएको वडा सदस्य अगेन्द्र छन्त्यालले बताउनुभयो ।

उहाँले भन्नुभयो, वडा कार्यालयको संयोजनमा भिरमहको ठेक्का लगाएर प्राप्त भएको रकम विद्यालयमा रहेका निजी स्रोतका शिक्षकलाई तलब दिने गरेका छौँ । शिक्षकलाई तलब दिने अन्य आम्दानी नभएपछि विगत पाँच वर्षदेखि भिरमहलाई स्कुलको आम्दानीकोस्रोतमा लिने गरेका छौँ ।

उहाँले अघिल्ला वर्षहरुमा ८ देखि १० लाख रुपैयाँसम्म आम्दानी हुने गरेकोमा यसपाली तीन लाख रुपैयाँमा ठेक्का लगाएका छौँ भन्दै पछिल्लो समय भिरमहको सिकार गर्ने सिकारीहरुको अभाव हुन थालेपछि रकम पनि घटेको बताउनुभयो ।

कठिन भिरपहरामा भिरमाहुरीको सिकार गरेर संकलन गरिएको मह बेचेर गाउँका युवाले राम्रो आम्दानी गर्ने गरेको स्थानीय युवा अंकित पुनले बताउनुभयो । उहाँका अनुसार भिरमह प्रतिलिटर दुई हजार रुपैयाँमा बिक्री हुने गरेको छ । भिरपहराबाट महको सिकार गर्नु निकै सहासिलो काम मानिन्छ ।

अचेल नयाँ पुस्ताले चासो नदिएपछि यो परम्परा हराउँदै गएको छ । पाका पुस्ताबाट केही युवाले भिरमहको सिकार गर्ने सिप सिकेकाले अहिले पनि गाउँघरमा मह सिकार गर्ने प्रचलन जीवित रहेको वडा सदस्य छन्त्यालले बताउनुभयो ।
पुख्र्यौली पेसालाई निरन्ता दिनुका साथै भिरमह बिक्री गरेर आम्दानी हुने भएकाले विगत केही वर्र्षदेखि मह सिकार गर्दै आएको स्थानीय चित्र छन्त्यालले बताउनुभयो । चित्रसहित गाउँका निरप्रसाद छन्त्याल र टेकबहादुर विकले दुई वर्षका लागि वडाबाट भिरमहको सिकार गर्न ठेक्का लिनुभएको छ ।

भिरमहको सिकार गर्ने काम अत्यन्तै जोखिमपूर्ण हुन्छ, निरप्रसादले भन्नुभयो, ज्यान हत्केलामा राखेर मह सिकार गर्नुपर्छ, कतिबेला के हुन्छ थाहा हुँदैन । अग्ला भिरमा डोरीमा झुण्डिएर मह काड्ने गरिन्छ । यो अति नै जोखिमपूर्ण काम हो । म्याग्दीमा पुख्र्यौली पेसाका रुपमा जिल्लाका दुर्गम गुर्जा, मल्कवाङ, लुलाङ, निस्कोट, कुइने मंगले, चिमोलला, शिंख, हिस्तनालगायतका जंगलमा भिरमाहुरीको मह सिकार गर्ने प्रचलन छ । वैशाखको अन्तिमदेखि असारसम्म एक महिना मह सिकार गर्ने गरिन्छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।