३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

आँपको पातमा यी रोगसँग लड्ने हुन्छन् यस्ता औषधीय गुण, थाहा पाउनुहोस्

आँपको पातमा यी रोगसँग लड्ने हुन्छन् यस्ता औषधीय गुण, थाहा पाउनुहोस्
अ+ अ-

एजेन्सी । आँप फलहरुको पनि राजा हो । आँप मन नपर्ने मानिस कमै हुन्छन् । आँपमा पौष्टिक तत्व पाईने हुनाले यसको नियमित प्रयोग स्वास्थ्यको लागि धेरै नै राम्रो हुन्छ । तर आँपको पातमा हुने गुणको बारेमा तपाईलाई थाहा छ त ? धेरैजसो मानिसलाई आँपको पातमा हुने औषधीय गुणबारे थाहा हुँदैन।

आँपको पातमा भिटामिन ए, बी, सी जस्ता पौष्टिक तत्व गुणहरु प्रचुर मात्रामा पाईन्छ । साथै यसमा फ्लेभोनोइड र फेनोल जस्ता तत्वहरु पाईन्छ । र यसमा एन्टिअक्सिडेन्ट गुण हुन्छ । त्यसैले आँपको पात रोगको उपचारको लागि प्रयोग गर्न सकिन्छ । र यसले मानव शरीरमा राम्रो प्रभाव पार्दछ । यसले निम्न ७ रोगहरु निको पार्छ । 

स्वासप्रश्वास सम्बन्धि समस्या 

चिसो लाग्नु, दम, खोकी, र अरु थुप्रै श्वासप्रश्वास सम्बन्धि समस्याहरु हटाउनको लागि आँपको पात लाभदायक हुन्छ । एउटा भाँडोमा पानी हालेर आँपको पात र थोरै महलाई मिसाई उमाल्नुहोस् । यसको प्रयोगबाट खोकी र स्वर सुक्ने समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

मधुमेह 
आँपको पातमा एन्थोक्यानिडिन्स पाईन्छ । जस्ले मधुमेह रोगको पहिलो चरणमा नै निको पार्न मद्धत गर्दछ । यसलाई निको पार्नको लागि निम्न विधि अपनाउन सकिन्छ । आँपको पातको प्रयोग विधि धेरै नै सजिलो छ । सबैभन्दा पहिला यस पातलाई सुकाएर सुख्खा बनाउनुहोस् । त्यसपछि यसलाई स–सानो टुक्रामा काटि पिसेर धुलो बनाउनुहोस् । यसको प्रयोगले मधुमेह रोगलाई पहिलो अवस्थामै निको पार्न मद्धत गर्दछ ।

डाइबेटिक एन्जिओपेथी 

रक्तनलीहरुको कुनैपनि रोग – र रेटिनोपेथी – आँखाको रेटिनामा हुने रोग – मधुमेहसँग सम्बिन्धित समस्याहरु हुन् । यसलाई पनि आँपको पातको प्रयोग गरी निको पार्न सकिन्छ । राति सुत्नुअघि एउटा कपमा पानी राख्नुहोस् । त्यसपछि आँपको पातलाई त्यस पानीमा हाली रातभरि त्यसै छोड्नुहोस् । यस पानीलाई छानेर बिहान पिउनुहोस् । यसले तपाइँको मधुमेहसम्बन्धि समस्याहरुबाट छुट्कारा दिलाउँछ ।

छट्पटी 

छट्पटीको समस्या उत्सुकताको कारणले हुने गर्दछ । यस्तो अवस्थामा हामीले समस्याको समाधानको उपाय पाउन सकिरहेका हुदैनौं । र यो समस्या झनझन गहिरो हुने गर्दछ । र यस समस्याको समाधानको लागि आँपको पातको पानीले नुहाउन सक्नुहुन्छ । यसले शरीरलाई स्फुर्ति प्रदान गरी छट्पटको समस्यालाई हटाउँदछ ।

रक्तचाप 

आँपको पातमा हाइपोटेन्सिभ गुण हुन्छ । जसले रक्तचापलाई घटाउन मद्धत गर्दछ । यस गुणले गर्दा रक्तनलीहरु पनि बलियो हुने हुन्छ ।
 

आउँ

सुख्खा आँपको पातलाई धुलो बनाई पानीसँग खानुहोस् । यसको प्रयोग दिनको ३ पटक गर्नुहोस् । यसले आउँलाई रोक्दछ । आँपको पातलाई बालेर खरानी बनाउनुहोस् । र यस खरानीलाई छालामा पोलेको ठाउँमा लगाउनुहोस् । यसले पोलेको दुखाईबाट आराम दिलाउँदछ । 

कान दुख्ने समस्या

यस  समस्याको लागि आँपको पातको प्रयोग सजिलो तरिकाबाट गर्न सकिन्छ । सबैभन्दा पहिला आँपको पातको जुस बनाउनुहोस् । त्यसपछि एक चम्चा जुसलाई थोरै तताउनुहोस् । र चिसो भएपछि १–२ थोपा कानमा राख्नुहोस् । यसबाट कान दुख्ने समस्याबाट छुट्कारा मिल्दछ ।