२ श्रावण २०८३, शनिबार
,
Latest
ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्मको अवार्डलाई बाथरुमको ढोकाको ह्याण्डल बनाएको छु – नसिरुद्दीन शाह



अ+ अ-

एजेन्सी । बलिउडका दिग्गज अभिनेता नसिरुद्दीन शाहले बलिउडमा पाएको अवार्डलाई लिएर आलोचना गरेका छन् ।

नसिरुद्दीन शाहले मुम्बईमा फार्महाउस बनाएका छन् । त्यहाँका ढोकाहरूमा भएका ह्यान्डलहरू उनले प्राप्त गरेको ट्रफीबाट बनेका हुन् । यस सम्बन्धमा शाहलाई प्रश्न गरिएको थियो ।

उनले भने, ‘अब मेरा लागि यी अवार्डको कुनै अर्थ छैन । मैले फिल्मफेयर अवार्डमा पाएको ट्रफी वाशरूमको ह्यान्डलको रूपमा प्रयोग गर्छु । जब कोही मेरो घरको नुहाउने कोठामा पस्छ, उसले ढोकामा ह्यान्डलको रूपमा दुईवटा फिल्मफेयर ट्रफी झुण्डिएको भेट्टाउनेछ ।’

‘अब मेरा लागि यी अवार्डको कुनै अर्थ छैन । यसअघि यी अवार्ड जितेपछि खुशी लाग्थ्यो । बिस्तारै यस्ता धेरै अवार्डहरु भए ।’ एक मिडिया हाउससँग कुरा गर्दै उनले भने– ‘केही समयपछि थाहा भयो कि यी अवार्ड लबिङको परिणाम हुन् । ती व्यक्तिहरूले पुरस्कार पाउन थाले जो यसको हकदार छैनन् । त्यसपछि मात्र मैले यी अवार्डहरूसँग सम्बन्ध तोड्न थालें ।’

नसिरुद्दीन शाह भन्छन् – मैले यी अवार्डहरूको अवधारणा बुझिनँ । सबै कलाकारहरूले कडा परिश्रम गर्छन्, तर वर्षको उत्कृष्ट अभिनेताको ट्रफी एक अभिनेताले मात्र पाउँछन् । यो सही होइन । म पछिल्ला दुई अवार्ड लिन गएको पनि छैन । त्यसैले मैले एउटा फार्महाउस बनाए र यी अवार्डहरू त्यहाँको शौचालयमा राख्ने निर्णय गरें ।’