२२ मंसिर २०८२, सोमबार
,
Latest
चिसोयाममा दर्शकलाई तताउँदै एनपिएल रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै: अर्थविद् नरबहादुर थापा स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्मको अवार्डलाई बाथरुमको ढोकाको ह्याण्डल बनाएको छु – नसिरुद्दीन शाह



अ+ अ-

एजेन्सी । बलिउडका दिग्गज अभिनेता नसिरुद्दीन शाहले बलिउडमा पाएको अवार्डलाई लिएर आलोचना गरेका छन् ।

नसिरुद्दीन शाहले मुम्बईमा फार्महाउस बनाएका छन् । त्यहाँका ढोकाहरूमा भएका ह्यान्डलहरू उनले प्राप्त गरेको ट्रफीबाट बनेका हुन् । यस सम्बन्धमा शाहलाई प्रश्न गरिएको थियो ।

उनले भने, ‘अब मेरा लागि यी अवार्डको कुनै अर्थ छैन । मैले फिल्मफेयर अवार्डमा पाएको ट्रफी वाशरूमको ह्यान्डलको रूपमा प्रयोग गर्छु । जब कोही मेरो घरको नुहाउने कोठामा पस्छ, उसले ढोकामा ह्यान्डलको रूपमा दुईवटा फिल्मफेयर ट्रफी झुण्डिएको भेट्टाउनेछ ।’

‘अब मेरा लागि यी अवार्डको कुनै अर्थ छैन । यसअघि यी अवार्ड जितेपछि खुशी लाग्थ्यो । बिस्तारै यस्ता धेरै अवार्डहरु भए ।’ एक मिडिया हाउससँग कुरा गर्दै उनले भने– ‘केही समयपछि थाहा भयो कि यी अवार्ड लबिङको परिणाम हुन् । ती व्यक्तिहरूले पुरस्कार पाउन थाले जो यसको हकदार छैनन् । त्यसपछि मात्र मैले यी अवार्डहरूसँग सम्बन्ध तोड्न थालें ।’

नसिरुद्दीन शाह भन्छन् – मैले यी अवार्डहरूको अवधारणा बुझिनँ । सबै कलाकारहरूले कडा परिश्रम गर्छन्, तर वर्षको उत्कृष्ट अभिनेताको ट्रफी एक अभिनेताले मात्र पाउँछन् । यो सही होइन । म पछिल्ला दुई अवार्ड लिन गएको पनि छैन । त्यसैले मैले एउटा फार्महाउस बनाए र यी अवार्डहरू त्यहाँको शौचालयमा राख्ने निर्णय गरें ।’