२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

लग्जरी कारभन्दा महँगा छन् यी भैंसीहरु



file
अ+ अ-

एजेन्सी । छिमेकी राष्ट्र भारतको पशुपालन क्षेत्रमा तीव्र वृद्धि भएको छ । मानिसहरूले उच्च जातका गाई र भैंसी ठूला मात्रामा पाल्न थालेका छन् । मुर्रा नस्लका भैंसीहरू पनि उनीहरूको उच्च दूध उत्पादनका कारण किसानहरूमाझ लोकप्रिय हुँदै गएका छन् । भैंसी पालन सुरु गर्न कृषकलाई भारत सरकारले अनुदान पनि दिन्छ ।

भारतमा कतिपय भैंसी छन् जो दूध उत्पादन क्षमताका कारण लोकप्रिय छन् । तीमध्ये सरस्वती, रेश्मा र गंगा नामका तीन भैँसी प्रमुख छन् ।

यी भैंसीको नाममा विभिन्न वर्षमा सबैभन्दा बढी दूध दिने कीर्तिमान पनि छ । विशेष कुरा के छ भने यी तीन भैँसीका मालिक हिसारका बासिन्दा हुन् । यसबाहेक यी भैंसीको मूल्य सुनेर तपाई पनि छक्क पर्नुहुनेछ ।

हरियाणाको हिसारको लितानीका सुखवीरको सरस्वती नामको भैँसी छ । यो भैंसी पनि मुर्रा जातको हो । दूध उत्पादन क्षमताका कारण सरस्वती मानिसमा लोकप्रिय छ । यो भैंसीले सन् २०१९ मा ३३ किलो दूध दिएर कीर्तिमान बनाएको थियो । सरस्वती भैंसीको दूध निकाल्न दुई जनाले संघर्ष गर्नुपरेको थियो । यो भैंसीको मूल्य ५१ लाख रुपैयाँ (भारु) रहेको बताइएको छ ।

हिसारको बुढाखेडाका नरेशको मुर्रा जातको रेश्मा भैंसीले सन् २०२२ मा ३३.८ लिटर दूध दिएर राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । यो भैंसी भारतमा सबैभन्दा धेरै दूध दिने भैंसी हो । रेश्माले पहिलो पटक बच्चा जन्माउँदा १९–२० लिटर दूध दिएकी थिइन् । दोस्रो पटक ३० लिटर दूध दिइन् । तेस्रो पटक आमा बनेपछि रेश्माले ३३ दशमलव ८ लिटर दूध लिएर नयाँ कीर्तिमान बनाएकी हुन् ।

रेश्माको दूध निकाल्न दुई जनाले संघर्ष गर्नुपरेको छ । यो भैँसीको मूल्य ४५ लाख रुपैयाँ (भारु) रहेको बताइएको छ ।

गंगा नामको मुर्रा भैंसी यतिबेला चर्चामा छ । यो भैसीले एक दिनमा ३१ लिटर दूध दिएर यो वर्ष नयाँ कीर्तिमान बनाएको छ । यसअघि पनि यो भैंसीले धेरै कीर्तिमान आफ्नो नाममा दर्ता गरिसकेको छ । यो भैँसीको मूल्य १५ लाख रुपैयाँ (भारु) तोकिएको छ ।